एक ८५ वर्षिया अष्ट्रेलियन वृद्धा महिलालाई ठगी गरेको आरोपमा अष्ट्रेलियाको पश्चिम सिड्नीबाट एक जोडी नेपाली युवा-युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा २२ वर्षीया युवती र १९ वर्षीय युवा रहेका छन्। उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा लगाइएको छ ।
सेभेन न्युज समाचारले जनाए अनुसार ठगीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक कल आएको थियो । फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए ।
न्यु साउथ वेल्स प्रहरीका अनुसार गत जुन १९मा महिलाले आफू ठगीमा परेको लिखित उजुरी गरेकी थिइन्।
ती बृद्धालाई बैंकको खाता बन्द भएकाले नयाँ खाता खोल्न र त्यसमा रकम जम्मा गर्नका लागि ३ हजार अस्ट्रेलियन डलर तयारी अवस्थामा राख्न भनिएको थियो। सोही समूहले पाँच हजार डलर मागेको र सोमबार बेलुका पैसा लिन जाने क्रममा प्रहरीले उनीहरुलाई टेलोपिया नजिकबाट प्रकाउ गरेको थियो।
दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ तर अदालतले पनि जमानतमा छाडेन । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ ।
https://www.facebook.com/251142965231407/posts/1304167459928947/?vh=e

