इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । शनिबार बिहान समपन्न लिगको ३०औंसाताको खेलमा टोटनह्याम आफ्नो घरेलु मैदानमा पाहुना टोली युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको हो ।
निकै प्रतिस्पर्धात्मक र घम्साघम्सीपूर्ण खेलमा भिएआरको केही नाटकीय भूमिका रह्यो । खेलको अन्तिम समयमा युनाइटेडलाई मैदानकारेफ्रीले दिएको पेनाल्टी मौका भिएआरले रद्द गरिदिएपछि खेल बराबरीमा टुंगिन पुग्यो ।
आफ्नो घरमा खेलेको टोटनह्याम लामो समयपछि आफ्ना दुई प्रमुख फरवार्ड ह्यारी केन र सन हेङ मिनसहित उत्रिँदा पनि स्पष्ट जितनिकाल्न सकेन । पहिलो हाफमा उसले अग्रता लिएर पनि जोगाउन नसक्दा टोटनह्याम घरमै अंक बाँड्न बाध्य भयो ।
अब यो बराबरीपछि दुवै टोलीले १–१ अंक बाँडेका छन् । अब युनाइटेडको खातामा ३० खेलपछि ४६ अंक छ । ऊ पाँचौं स्थानमा छ ।टोटनह्याम ४२ अंकसहित आठौं स्थानमा रहेको छ ।

