स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् । लिगको २९औं साताअन्तर्गत आज दुई खेल हुन लागेका हुन् । आज हुनेखेलमध्ये रियल मड्रिड र भ्यालेन्सियाको खेल प्रतीक्षाको खेल हुनेछ । उपाधि होडमा रहेको रियलका लागि भ्यालेन्सियासँगको भेट ज्यादैमहत्त्वपूर्ण हुनेछ ।
रियल आज आफ्नो घरमा हुने यो खेल जितेर अंक तालिकामा बार्सिलोनासँगको अंक दूरी छोट्याउने दाउमा हुनेछ । स्पष्ट जित निकाल्नसके बार्सिलोनासँगको अंक दूरी पुनः २ मै झर्नेछ । तर, पराजय वा बराबरी नतिजा रियलका लागि उपाधि होडमा धेरै महँगो पर्नेछ । खेलनेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

