eNepal

बिश्वभर कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४लाख ४० हजार नाघ्यो

एजेन्सी /
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ४० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ४० हजार २९० पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ भने तेस्रोमा बेलायत, चौथोमा इटली तथा पाचौंमा स्पेन छ ।

यता, संक्रमितको संख्या भने विश्वमा ८० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ८० लाख ६१ हजार ५५० जनामा संक्रमण पुष्टि भइसकेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । त्यसपछि क्रमशः रुस, भारत, बेलायत, स्पेन, इटली, पेरु, इरान, जर्मनी, टर्की, चिलीलगायत देश छन् ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal