eNepal

आगामी २३ र २६ जुनमा अस्ट्रेलीयाबाट नेपाल लैजाने चाटर्ड फ्लाईट सम्बन्धी पछिल्लो अपडेट

पछिल्लो जानकारी अनुसार मेलबर्न काठमाडौं उडान लगभग १००% पुष्टि भएको छ। सिड्नी र मेल्बोर्न दुबै उडानका लागि पर्याप्त संख्याहरू प्राप्त गर्न नेपाल दूतावास क्यानबेरा जोडतोडका साथ लागेको र यदि तपाईं मेलबोर्नमा हुनुहुन्छ र तपाईं उडानको लागि सिड्नी यात्रा गर्दै हुनुहुन्छ भने, सिड्नी यात्रा गर्नु अघि  दूतावास वा कन्सुलेट कार्यालय भिक्टोरियामा बिहिबार बिहान सम्म सम्पर्क गर्नुहुन पनि जानकारी गराईएको छ। update @10.53 pm Wednesday Melbourne

कोरोना महाप्रकोपले अहिले बिश्वनै ठप्प भएको अबस्थामा हवाइमार्ग आवातजावत पनि पुरै ठप्प अबस्थामा छ । यस जटिल परिस्थितिमा विभिन्न पेशा व्यबसाय तथा आफन्त भेट्न अष्ट्रेलिया तथा न्युजिल्यान्ड आउनु भएका नेपाली नागरिक नेपाल जान चाहाने अबस्थामा रहेका नागरिकले अष्ट्रेलियास्थित नेपाली राजदुतावासमा आफ्नो विवरण अद्यावधिक गर्नु पर्ने छ। नेपाल लैजानको लागि अष्ट्रेलियास्थित नेपाली दूतावासले बिज्ञप्ती मार्फत  जानकारी गराएको छ। उत्त बिज्ञप्तिमा  जान चाहने नागरिकले  परिपालन गर्नु पर्ने सम्पुर्ण कुराहरू जानकारी गराएको छ । जान चाहाने नागरिकलाई  प्राथमिकताको आधारमा जहाजको ब्यबस्थापन, भाडा दर लगाएत नेपालमा पालना गर्न पर्ने क्वारेन्टिनको बारेमा समेत प्रस्ट पारेको छ।

नेपाल एयरलाइन्सको जहाज मार्फत २३ जुनमा दिउँसो १ बजे अष्ट्रेलियाको सिड्नी देखि क्यावालाम्पुर हुँदै  काठमाडौ लागि जहाज उडान गर्न लागेको छ। पहिलो चरणमा अतिआबस्यक नागरिकलाई मात्र छनोट गरि नेपाल लैजाने बिज्ञप्ति मा उल्लेख गरिएको छ ।

अस्ट्रेलीयाबाट २३ र २६ जुन गरेर दुई पटक  नेपाल जान चाहाने नेपालीहरुलाई नेपाल एयरलाईन्स मार्फत नेपाल लाने तयारी भएको छ। टिकट दर $2310 AUD लाग्ने बताईएको छ। नेपाली रुपयाँ भने 195500 RS लाग्ने छ।

यस चाटर्ड फ्लाईटमा जान ईच्छुक यात्रुहरुले नेपाल एयरलाईन्सले आधिकारीक रुपमा तोकेको  सि लिङ्क्स ट्राभल्स एन्ड टुर्सका  राजु ढ्काललाई सम्पर्क गर्न जनाएको छ जसको ठेगाना नागपोखरी काठमाण्डौ फोन नः 9851094742 साथै [email protected] मा ईमेल गरेर  जानकारी लिन जनाएको छ। 

जहाज लाग्ने भाडा स्वयम् आफै तिर्नु पर्ने र नेपाल सरकारले तोकेको नीति नियम भित्र बस्नु पर्ने समेत उक्त बिज्ञप्ति जानकारी गराएको छ ।

जो जसले फर्म भर्नु भएको र प्राथमिकतामा पर्नु भएकोले १८ जुन सम्म आफ्नो टिकट सुरक्षित गरि सक्नु पर्नेछ अन्यथा वेट लिस्टमा परेकालाई प्राथमिकता दिईने बताएको छ। र वेट लिस्टमा परेकाहरु मेल्बोर्नबाट हुने २६ जुनमा सक्ने उक्त विज्ञप्तीमा जनाएको छ।

अस्ट्रेलीयाबाट नेपाल जान तयारी अवस्थामा रहनु भएका यात्रुहरुले PCR वा RDT test negative रहेको प्रमाण अनिबार्य रुपमा पेश गर्नु पर्नेछ । पिसीआर परिक्षणका लागि अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एशोसिएसनसँग आवद्ध डाक्टहरुसँग सम्पर्क गर्न सक्नु हुनेछ साथ साथै तपाईको बासस्थान नजिकको स्थानिय क्लिनिकले संचालन गरेको कोभिड टेस्टिङ क्लिनिकमा गएर निःशुल्क पिसीआर परिक्षण गर्न सकिने छ।

अस्ट्रेलियाका रहेको नेपाली डाक्टरहरुको एशोसिएसनले सिड्नीका लागि डाक्टर प्रविण पाठक र मेलर्वनका लागि डाक्टर चन्द्र दिपकपोख्रेललाई सम्पर्क ब्यक्ति तोकेको छ। जानकारी अनुसार बिभीन्न स्टेटमा रिपोर्ट आउन सक्ने समय फरक पर्ने हुनाले बेलैमा रिपोर्ट लिएर बस्न पनि अनुरोध गरिएको छ। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal