एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको उपाधिनजिक पुगेको छ । शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाकमाथि २–१ को जितनिकाल्दै लगातार आठौं सिजन उपाधि नजिक पुगेको हो ।
बुन्डेसलिगामा ३ चरणको खेल बाँकी रहँदा बायर्नलाई उपाधिका लागि मात्रै एक जितको खाँचो छ । तीनमध्ये एकमा जित हात पारेबायर्न लगातार आठौं सिजन बुन्डेस लिगा च्याम्पियन बन्नेछ ।
शीर्षस्थानमा रहेको बायर्नको ३१ खेलबाट ७३ अंक पुगेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमुन्डको समान खेलबाटै ६६ अंक छ । कुनैएक खेलमा जित र बाँकी दुई खेल गुमाएपनि बायर्नलाई दोस्रो स्थानको डर्टमुन्डले भेट्नेछैन । बायर्नले बाँकी तीनै खेल गुमाउने रडर्टमुन्डले बाँकी तीन खेलमा जित हात पारेको अवस्थामा भने डर्टमुन्ड च्याम्पियन बन्नेछ ।
बायर्नले अब वेर्डर ब्रेमेन, फ्रेइवर्ग र वल्फ्सवर्गसँग खेल्न बाँकी छ । डर्टमुन्डले माइन्ज, आरबी लाइप्जिग र होफेनहाइनसँग खेल्न बाँकी छ।
घरेलु मैदान एलियन्ज एरिनामा स्टार फरवार्डद्धय रोवर्ट लेवान्डोस्की र थोमस मुलरविनै मैदान उत्रिएको बायर्नको जितमा युवा प्रतिभाजोसवा जिर्कजी र लियोन गोरेट्जकाले गोल गरे ।
खेलको १६औं मिनेटमा जोन हफमनले गोल गरेपनि भिएआरको मान्यता नपाउदा मोन्चेनग्लाडवाक अग्रता लिनबाट चुकेको थियो ।२६औं मिनेटमा १९ वर्षीय जोसवा जिर्कजीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । डच जिर्कजीले लेवान्डोस्कीको अनुपस्थितिमाबायर्नको अग्रपङ्ति सम्हालेका थिए । उनले यो सिजन ८ खेलमा ४ गोल गरिसकेका छन् ।
३७औं मिनेटमा बेन्जामिन पाभर्डले आत्मघाती गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । ब्रिल इम्वोलोकोक्रसलाई क्लियर गर्न खोज्दा पाभर्डले आफ्नै पस्टमा गोल गर्न पुगेका थिए । खेल सकिन ४ मिनेट बाँकी रहँदा गोरेट्जकाले पाभर्डकैपासमा गोल गर्दै बायर्नलाई २–१ को जितसहित महत्वपुर्ण ३ अंक दिलाए । हारसँगै मोन्चेनग्लाडवाक ५६ अंक जोडेर चौथो स्थानमायथावत छ ।

