काठमाडौं, असार १
इटालियन कोपा इटालिया फुटबलको उपाधिका लागि युभेन्टस र नोपाली भिड्ने भएका छन् । आइतबार बिहान सम्पन्न दोस्रोसेमिफाइनल खेलमा सिरी ए टिम नापोलीले इन्टर मिलानसँग १–१ को बराबरी खेल्दै समग्रमा २–१ ले हराएर फाइनल प्रवेश गरेपछिउपाधि भिडन्तमा युभेन्टस र मिलानको भेट पक्का भएको हो ।
अघिल्लो दिन युभेन्टस एसी मिलानलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । आज नापोली इन्टरलाई समग्रमा २–१ ले हराउँदैयुभेन्टससँगको भेट पक्का गरेको हो । नापोलीले आफ्नो घरेलु मैदानमा भएको दोस्रो लेगको खेल १–१ को बराबरी खेले पनि एग्रीगेटमाउसले इन्टरलाई २–१ ले पछि पारेको हो ।

