काठमाडौं, जेठ ३१
कोरोना भाइरसका कारण स्थगित भएको स्पेनको शीर्ष फुटबल लिग ला लिगा तीन महिनापछि फर्किंदा लिग लिडर बार्सिलोनाले आजराति आफ्नो पहिलो खेल खेल्दैछ । कोरोनापछि पहिलोपटक मैदान फर्किन लाग्दा ठीक ९६ दिपनछि बार्सिलोनाले पहिलो भिडन्तमालोर्सासँग उसकै घरमा गर्दैछ । लिग लिडर भएकाले बार्सिलोना र मालोर्साको यो खेललाई ज्यादै महत्त्वसाथ हेरिएको छ ।
हाल अंक तालिकामा बार्सिलोना २७ खेलपछि ५८ अंक जोडेर लिगको सबैभन्दा सिरानमा रहेको छ भने मालोर्सा भने समान खेपछि २५अंक जोडेर १८औं स्थानमा रहेको छ । आज मालोर्सालाई आज तीन महिनापछि मैदान उत्रिँदा आफ्नो घरमा पाहुना टोली बार्सिलोनालाईरोक्नुपर्ने चुनौती छ भने बार्सिलोना स्पष्ट जित निकालेर उपाधि होडमा थप अग्रता लिने दाउमा हुनेछ ।
यदि आज बार्सिलोनाले मालोर्सालाई गोलअन्तरमा हराउन सके उसले दोस्रो स्थानको रियल मड्रिडलाई एक खेल बढी खेलेर ५ अंकलेपछि पार्नेछ । तर, पराजित वा बराबरी भए त्यसको सोझो फाइदा रियल मड्रिडलाई पुग्नेछ ।
लामो समय फुटबल ठप्प भएर हुन लागेको पहिलो खेलमा आज बार्सिलोनाको टोलीका सबैजसो प्रमुख खेलाडी उपलब्ध छन् । जसमायसअघि चोटका कारण ८ खेल गुमाएका लुइस स्वारेज फिट हुँदै मैदान फर्किंदैछन् । आउन उनले बेन्चबाट सुरुआत गर्ने सम्भाना छ ।त्यस्तै, आक्रमण लाइनमा कप्तान लिओनल मेस्सीसँगै एन्टोनी ग्रीजम्यान र मार्टिन ब्रेथवेट पनि बार्सिलोनाको टोलीमा उपलब्ध हुनेछन् ।बार्सिलोनाले जारी गरेको प्रारम्भिक सूचीमा उसामान डेम्बेले र क्लेमेट लेङलेट भने परेका छैनन् ।
ला लिगाका खेल यसअघि झैं टिभी–च्यानलमा लाइभ प्रशारण हुनेछैन । लिगका हरेक खेल ला लिगाको अफिसियल फेसबुक पेजबाटहेर्न सकिनेछ ।
आज हुने खेल नेपाली समयमा :
मालोर्सा भर्सेस बार्सिलोना – राति १ः४५ बजे

