eNepal

१५ दिनमै मोटोपन घटाउन के गर्ने जानी राख्नुहोस यी तरिका

कुनै पनि मानिसलाई मोटोपनको सिकार हुन मन हुदैन । मोटोपनाले शरीरमा बिरामीको समस्या त ल्याउछ नै व्यक्तित्व पनि खराब बनाउदछ । तौल कम गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय अपनाउँछन् । यद्यपि गर्मी सिजनमा तौल घटाउन सजिलो हुन्छ भन्ने कुरा थोरैलाई मात्र थाहा छ । त्यसैले यस सिजनमा तौल कम गर्न बढी प्रयास गर्नुहोस् ।

१. बढी भन्दा बढी पानी पिउनुहोस् – तौल कम गर्न पानीको मात्रा बढाउदा निकै सहज हुन्छ । जसले शरीरमा एनर्जी जिवित राख्दछ । शरिरमा आलस्यता आउन दिदैन ।

२. फास्टफूड नखानुहोस् – फास्टफूडबाट टाढै रहनु फाइदा जनक हुन्छ । फास्टफूडमा हाई क्यालोरी हुने भएकाले शरीरमा बोसोको मात्रा बढाउछ।
जसले हिडडुलमा समस्या हुन्छ ।

३. स्टार्च जन्य खानेकुरा नखानुहोस् – चीनी र स्‍टार्च भएका खानेकुरा नखानुनै बेस हुन्छ । स्टार्च जन्य खानेकुरा भन्नाले – आलु, पापड़, पेस्‍ट्री, ब्रेड, चामल आदी सेवन पटक्कै नगर्नुहोस् । यसो गर्नाले छोटो समयमै तौल घटाउन सहयोग मिल्दछ ।

४. प्रोटीन युक्त आहार – खानामा बढि प्रोटीन पाइने आहारहरु खानुहोस् । दाल, अण्डा, मासु आदीको सेवन सन्तुलित रुपमा खानामा सामेल गर्नुहोस् ।

५. हरीयो तरकारीको सेवन- उमालेर बनाइएको हरियो सब्जिको झोल सेवन गर्दा तौल घटाउनलाई राहत पुग्दछ ।

६. क्यालोरीमा ध्‍यान दिनुहोस् – तपाई दिनमा कति क्यालोरी लिनुहुन्छ त्यसमा ध्‍यान दिन आवश्यक छ । यसबाट के खाएर तौल बढिरहेको थाहा पाउन सकिन्छ । जसले तपाईलाई हानि पुर्‍याइ रहेको छ सो चीज खान छोड्दिनुहोस ।

७.नियमित खानपान – तौल कम गर्नको लागि धेरै मानिसहरुले खानपीननै छोडि दिने गर्छन् । तर त्यो गल्ती झुक्किएर पनि गर्नु हुदैन । खानपीन नियमित नभए शरीर शिथिल हुदै जान्छ र हामीले चाहेको प्रतिफल प्राप्त हुदैन ।

८. खानु अघि हिड्नुहोस् – कयौ मानिस खाए पछि मात्रै हिड्ने गर्दछन् । कारण खाना पचाउने भन्ने उनीहरुको मानसिकता हो । तर यो कुरा बिलकुल ठिक होइन । अब त्यस्तो गल्ती नगर्दै तपाई खानु पहिले हिडडुल गर्नुहोस्। यसरी हिडडुल गर्नाले पाचन प्रणाली राम्रो हुन्छ र क्यालोरी नष्ट गर्न सहयोग पुग्दछ । यसर्थ क्यालोरीनै मोटोपनाको मुख्य कारण हो भन्ने बुझ्नु पर्दछ ।
९. खानेकुरा कम गर्नुहोस- यदी तपाई छाकमा ५ वटा रोटी खानुहुन्छ भने त्यसलाई कम गरेर ३ वटा सम्म पुर्‍याउनुहोस् । जसले तौल कम गर्न मद्दत गर्नेछ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal