काठमाडौं, जेठ ३१
इटालियन क्लब युभेन्टस कोपा इटालिया फुटबलको फाइनल प्रवेश गरेको छ । कोरोना भाइरसको महामारी छिचोल्दै इटालीमा फुटबलसुचारु भएपछिको पहिलो खेलमा युभेन्टसले लिग प्रतिस्पर्धी टिम एसी मिलानसँग सेमिफाइनलको दोस्रो लेगमा गोलरहित ०–० कोबराबरी खेल्दै फाइनल प्रवेश गरेको हो ।
दोस्रो लेगमा युभेन्टस आफ्नै घरमा मिलानसँग ०–० मा रोकिए पनि अघिल्लो लेगको १–१ को नतिजाको बलमा अवे गोलको आधारमायुभेन्टसले मिलानलाई पछि पारेर फाइनलमा स्थान बनाउन सफल भएको हो । कोरोनाका कारण फुटबल ठप्प हुनुअघि युभेन्टसलेमिलानसँग उसकै घरमा १–१ को बराबरी खेलेको थियो । सोही खेलको १ अवे गोल युभेन्टसलाई फाइनल लैजान निर्णायक बन्यो ।
घरेलु मैदान एलिनाज रंगशालामा युभेन्टसले समग्रमा फितलो प्रदर्शन गर्दा गोलबिनाको नतिजामा चित्त बुझाउन बाध्य भयो । पहिलोहाफमा युभेन्टसले अग्रता लिने मौका पाए पनि क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुके । १७औं मिनेटमा युभेन्टसले पाएको पेनाल्टीमारोनाल्डोको प्रहार माथिल्लो पोलमा लाग्दै फर्किंदा युभेन्टसले अग्रता लिने मौका गुमाएको थियो । बक्समा रोनाल्डोले बल नियन्त्रणमालिनेक्रममा मिलानका खेलाडीले ह्यान्ड बल गरेर बल रोकेपछि रेफ्रीले भिएआरमार्फत् युभेन्टसलाई पेनाल्टी दिएका थिए । तर, तीनमहिनापछि मैदान फर्किएका रोनाल्डो पेनाल्टीमा असफल भए ।
त्यसपछि लगत्तै खेलको १८औं मिनेटमा पाहुना टोली मिलान १० खेलाडीमा सीमित भयो । एन्टे रेबिकले युभेन्टसका डिफेन्डरड्यानिलोमाथि गम्भीर फउल गरेपछि रेफ्रीले रेबिकलाई सोझै रातो कार्ड दिएपछि मिलान १० खेलाडीमा झरेको थियो । तर, त्यसपछियुभेन्टसले मिलान १० खेलाडीमा हुनुको फाइदा लिन सकेन । र, पहिलो हाफ ०–० मा सकियो ।
दोस्रो हाफमा युभेन्टसले ५ जनै खेलाडी परिवर्तन गरेर खेले पनि गोल गर्न सकेन । पहिलो हाफको तुलनामा दोस्रो हाफमा केही बढीमौका बनाए पनि १० खेलाडीमा सीमित मिलानले उत्कृष्ट रक्षात्मक खेल खेल्दा युभेन्टसले अन्ततः ९० मिनेटको खेल ०–० मै सकाउनबाध्य भयो । तैपनि, ऊ प्रतियोगिताको फाइनल प्रवेश गर्न सफल भयो ।
अब सेमिफाइनलको अर्को खेल अर्को दिन नापोली र इन्टर मिलानबीच हुनेछ । सो खेलको विजेतासँग युभेन्टसले उपाधिका लागि भिडन्तगर्नेछ । यसअघि भएको पहिलो लेगको खेलमा नापोलीले इन्टर मिलानलाई उसकै घरमा ०–१ ले हराएको छ ।

