eNepal

१५ जुनबाट भिक्टोरीयामा साना सवारी लाइसेन्स परीक्षा पुनः शुरु हुँदै

कोभिड १९ को प्रकोपका कारण गत २५ मार्चबाट बन्द रहेको साना सवारी लाइसेन्स परीक्षा ( driving test) आगामि सोमबार १५ जुनबाट पुन: शुरु हुने भएको छ।

कोरोनाको प्रकोप कम भए संगै लाइसेन्स परिक्षा पुन: सुरु गर्न लागेको भिक रोडले जनाएको हो। अग्रीम टेस्ट बुक गरेर पनि टेस्ट दिन नपाएका ब्याक्तिहरुको लागि आगमी १५ जुनबाट लाइसेन्सको परिक्षा सुरु हुने छ   भने नयाँ टेस्ट बुकिङका लागि केही समय पछि बुकिङ खुल्ला गरिने भिक रोडले जनाएको छ। 

अन्य राज्य र बैदेशिक सवारि चालक अनुमति पत्र प्राप्त ब्याक्तिहरुका लागि ( inter-state and overseas license holders) यस अघिको नियमलाई परिमार्जन गरि आगामी २९ अप्रील, २०२१ सम्म सवारी चलाउन पाउने ब्याबस्था गरेको छ।

सडक नियमको राम्रो ज्ञान राख्ने र नियम पालना गर्ने भने अस्ट्रेलीयामा सवारी चालक अनुपति पत्र (driving license) प्राप्त गर्न सजिलो रहेको बताउनु हुन्छ मेल्बोर्नमा बिगत केही बर्ष देखि आधिकारीक रुपमा सवारी चलाउन सिकाउँदै आउनु भएका एभरेस्ट ड्राईभिङ सेन्टरका प्रबन्ध निर्देशक राजन खड्का।

बिशेष गरि भिक्टोरीयामा चालक अनुमति पत्र (driving license) प्राप्त गर्न का लागि केहि चरणहरु पार गर्नु पर्ने हुन्छ। 

२१ बर्ष सम्म उमेर भएको ब्यक्ति ले learner permit  लिएर १२० घन्टा अनुभबी फुल लाइसेन्स होल्डरसँग driving गरेको प्रमाण पेश गरे पछि Hazard test र Driving test दिन पाइन्छ। यदि दुबै टेस्ट पास गरेमा अस्थायी लाइसेन्स (p1) प्राप्त गर्न सकिन्छ।

त्यस्तै २१ बर्ष देखि २५ बर्ष सम्मका उमेर समुहका लागि lerner permit लिएको ६ महिना पछि Hazard test र Driving test दिन पाइन्छ र यदि टेस्ट पास गरे पछि अस्थायि लाइसेन्स (p2) प्राप्त गर्न सकिन्छ।

२५ बर्स माथिका उमेर समुह का लागि learner permit लिएको ३ महिना पछि Hazard test र Driving test दिन पाइन्छ। यि सबै प्रकृयाबाट फुल लाइसेन्स प्राप्त गर्न ३ बर्षको समय अवधि लाग्छ। तर यदि overseas लाइसेन्स छ भने भिक रोड मा गएर प्रमाणीकरण गराउनु पर्छ र यदि प्रमाणीकरण भएको खण्डमा  lerner test, Hazard test र Driving test पास गरेमा सिधै फुल लाइसेन्स प्राप्त गर्न सकिन्छ। परिवर्तित नियमका अनुसार overseas license कम्तिमा ३ बर्ष पुरा भएको हुनु पर्ने छ। 

 लामो समय को Driving सिकाइको अनुभबमा योग्य तथा दक्ष Driving instructor सङ तालिम लिएर सडक नियमको राम्रो ज्ञान राख्ने र त्यसको पालना गर्ने हो भने अस्ट्रेलीयामा सवारी चालक अनुमती पत्र (driving license) प्राप्त गर्न सजिलो छ ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal