जेठ ३० शुक्रबार- पछिल्लो समय राजधानी सहित देशका बिभिन्न स्थानमा सरकार बिरुद्व आन्दोलनहरू भैरहेका छन् ।
कोरोना संक्रमणमा आरडिटी परिक्षण रोक्नुपर्ने, पिसिआर परिक्षण मात्र गर्नुपर्ने, सरकारले कोरोना ब्याबस्थापनमा गरेको दश अर्बको हिसाब किताब पारदर्शी हुनुपर्ने माग गर्दै बिभिन्न स्थानमा आन्दोलनहरू भैरहेका छन् ।
सोही आन्दोलनलाई समर्थन जनाउदै आज काठमाडौंको जोरपाटीमा पनि र्याली निकालिएको थियो । मुलपानीबाट सुरु भएको र्याली जोरपाटीसम्म पुगेर पुनः मुलपानीमै आएर अन्त्य भएको थियो ।
युवाहरुले इलेक्ट्रिक गाडिमा लगाएको कर फिर्ता गर्नुपर्ने, आरडिटि टेस्ट खारेज गर्नुपर्ने, बिदेशमा रहेका नागरीकहरुको सरकारले उद्धार गर्नुपर्ने जस्ता नारा लेखेका प्लेकार्ड बोकेर निस्किएका थिए ।


