eNepal

अस्ट्रेलीयाबाट नेपाल जान २३६२.५८ अस्ट्रेलीयन डलर हवाई भाडा लाग्ने

नेपाल सरकारले १४ जुनबाट लक डाउनमा को कारण नेपाल आउन नपाएका नेपालीहरुलाई उद्धार उडान सुरु गर्ने भएको छ । लक डाउनका कारण विश्वका विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिक उद्धारका लागि राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्स समेत प्रयोग गर्ने निर्णय गरेको छ । सरकारले ६७ उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने भएको छ ।

विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ।

सरकारले विभिन्‍न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्‍न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाएको हो।

नेपाल वायु सेवा निगम र हिमालयले ४३ उडान गर्नेछन् भने विदेशी एयरलायन्सले २४ उडान गर्नेछन्, उद्धार उडानको भाडादर समेत तय गरिएको छ । सकारले आगामी ३२ जेठ आइतबारदेखि ११ असारसम्म विदेशमा रहेका नेपालीको उद्धार गर्न लागेको हो । भाडा फर्किने आफैंले व्यहोर्नुपर्नेछ । 

अस्ट्रेलीयाबाट १७ र २२ जुन गरेर दुई पटक  नेपाल जान खोजेका नेपालीहरुलाई नेपाल एयरलाईन्स मार्फत नेपाल लाने तयारी भएको छ। जहाजका लागि ८५ प्रतिशत यात्रु भएमा मात्रै चार्टर गर्ने भएको छ। नेपाल आउनेले अनिवार्य पिसिआर या आरडिटी परीक्षण गरेर नेगेटिभ आएको प्रमाण पत्र पेश गर्नुपर्नेछ।यात्रुहरु नेपाल आइसकेपछि सरकारको नियमानुसार क्वारेन्टाइनमा बस्नुपर्ने छ।

अस्ट्रेलीयाबाट नेपाल जान २३६२.५८ अस्ट्रेलीयन डलर हवाई भाडा लाग्ने जनाएको छ। अमेरिकी डलर भने १६१५ भाडा निर्धारण गरिएको छ। 

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal