जेठ २९ बिहिवार काठमाडौं । सरकारले आजबाट बैंक तथा वित्तीय संस्थामा आधा कर्मचारी राखेर खोल्न निर्देशन दिएको छ ।
लकडाउन सहज बनाउन दबाब बढेपछि बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले सरकारी, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूमा आधा कर्मचारी राखेर खोल्न निर्देशन दिएको छ ।
त्यस्तै आजबाट स्वास्थ्य सेवासँग सम्बन्धीत सबै सेवा, निजी क्लिनिकसमेत खुला गर्न सरकारले निर्देशन दिएको छ । औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी, फलफूल, दुग्ध पदार्थ, अण्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी पनि आजबाट खुला हुनेछन् ।
पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण, फोहोरमैलाको व्यवस्थापन, विद्युत दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक, सम्बन्धी सेवा पनि खुला हुने छन् ।

