eNepal

टोकियो ओलम्पिक २०२० लाई सामान्य रुपमा सम्पन्न गर्न जापान कसरत गर्दै

जापानको राजधानी शहरमा अर्को बर्ष आयोजना हुन लागेको टोकियो ओलम्पिक २०२० लाई सामान्य र सरलीकृत रुपमा सम्पन्न गरिने आयोजक कमिटीका प्रमुख कार्यकारीले बताएका छन् ।

यसैबर्ष जुलाई महिनामा हुने तय भएको ओलम्पिक प्रतियोगिता कोभिड-१९ को महामारिका कारण एक बर्ष पछि गर्नलागिएको हो । टोकियो २०२० का कार्यकारी प्रमुख तोसिरो मुटोले ओलम्पिक यसपटक भव्य नहुने बताउनुभएको छ ।

आयोजक जापानले कम खर्चमै प्रतियोगितालाई कसरी छरितो बनाउन सकिन्छ भन्ने बारेमा २०० भन्दा बढी विकल्पहरुमा छलफल गरिरहेको छ । जापानको खर्च कटौतीको प्रस्तावमाविश्व ओलम्पिक कमिटीले भने औपचारिक प्रतिक्रिया दिएको छैन् ।

तर कमिटिमा अध्यक्ष थोमस व्याचले भने खेल र खेलाडी ओलम्पिक कमिटीको पहिलो प्राथमिकता हुने बताउनु भएको छ । कमिटीको मुख्यालय स्विट्जरल्याण्डको जेनेभामा बसेको पदाधिकारी बैठकमा बोल्दै व्याचले खर्च कटौतीको नाममा कुनै पनि खेल झिक्ने संभावनालाई भने अस्विकार गर्दै सबै खेलका सबै प्रतियोगिताहरु हुने बताउनुभएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal