एजेन्सी – कोरोना महामारी पछि झन्डै तीन महिनापछि शुरु हुन लागेको स्पेनिस ला लिगामा दर्शकलाई रंगशालामा प्रवेश गर्न दिइनेयोजना अघि सारेको छ ।
स्पेनिस ला लिगा ११ जुनदेखि सुरु हुँदैछ । पहिलो दिन सेभिया र रियल बेटिसबीच खेल हुनेछ । दोस्रो दिन ग्रानडा र गेटाफेबीचभ्यालेन्सिया र लेभान्टेबीच खेल हुदैछ । ला लिगा अध्यक्ष जेभियर टेवासले जुलाई देखि नै दर्शकलाई रंगशालामा प्रवेश दिने विषयमाछलफल भइरहेको बताएका छन् ।
अध्यक्ष टेवासले जनाए अनुसार स्पेनको डि–स्केलेसन योजनाको तेस्रो चरण पार गरेपछि सिमित दर्शकले मैदानमै गैर आफ्नो टोलीकोसमर्थन गर्न पाउनेछन् । स्पेन राष्ट्रिय स्पोर्ट्स काउन्सिल (सिएसडी) को संयोजनमा व्यावसायिक फुटबल र बास्केटबल खेलाडीकोउपस्थितिमा भएको छलफलले यो योजना अघि सारेको हो ।
यसअनुसार मैदानको ३० प्रतिशत सिटमा मात्रै समर्थकलाई राख्न पाइनेछ । जहाँ बस्ने स्थानहरु तय गरिएको हुन्छ । केही क्लबहरुले योविषयलाई मान्न तयार हुनेछन् । विशेष गरी बार्सिलोना, जिरोना र भ्यालेन्सियाले यो योजनालाई साथ दिने प्रतिबद्धता जाहेर गरेका छन् ।
यसो हुन सकेको अवस्थामा रियल म्याड्रिड र लेभान्टेलाई घरेलु मैदानको घाटा हुन सक्नेछ । रियलले आफ्नो सान्टियागो मैदानमा मर्मतसुरु थालेको छ । रियलले बाँकी रहेका सबै घरेलु खेल आफ्नो प्रशिक्षण मैदान इस्टेडियो अलफ्रेडो डि स्टेफानोमा तथा लेभान्टेलेएलिकान्टेमा खेलाउने घोषणा गरिसकेको छ ।

