eNepal

कोभिड १९ कारण क्रीकेटमा पनि नयाँ नियम लागु अब बल ट्ल्काउन र थुक लगाउन नपाइने

२८जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कोरोना भाइरसको असरलाई मध्यनजर गर्दै क्रिकेट खेलको केही नियममा अस्थायी परिवर्तन गरेको छ ।

अनिल कुम्बलेको नेतृत्वमा रहेको आईसीसी क्रिकेट कमिटीले नियमको अस्थायी परिवर्तन सम्बन्धी गरेको प्रस्तावलाई मंगलबार स्वीकृत गरिएको आईसीसीले जनाएको छ ।

जेठ २८ बुधबार -कोभिड १९ को कारण उत्पन्न जोखिम कम गर्न अनि खेलाडी र म्याच अफिसिलयहरुको सुरक्षालाई कायम राख्न नयाँ नियम प्रस्ताव गरिएको थियो । जसमा बल टल्काउन थुक प्रयोग गर्न नपाइनेदेखि लोकल अम्पयार राख्नेसम्म प्रस्ताव थियो ।

आईसीसीले यी प्रस्तावसँगै अब खेलका क्रममा कुनै खेलाडीलाई कोरोनाको लक्षण देखिए खेलाडी परिवर्तन गर्नसमेत पाइने जनाएको छ ।

कोभिड१९ रिप्लेसमेन्ट अन्तर्गत खेलाडीको लक्षण देखिए टिमले खेलाडी परिवर्तन गर्न पाउनेछन् । यो टेष्ट क्रिकेटमा मात्र लागू हुनेछ ।

यस्तै खेलाडीले क्रिकेट बल टल्काउन थुक लगाउन नपाउने भएका छन् । त्यस्तो गरेमा अम्पाएरले त्यो परिस्थितिलाई मिलाउनुपर्नेछ । एक टिमलाई त्यस्तो गरेको पाइएमा दुई पटक चेतावनी दिइनेछ ।

यसैगरी अन्तर्राष्ट्रिय क्रिकेटको सबै फर्म्याटमा न्युट्रल अम्पायर राख्नैपर्ने बाध्यतालाई हटाइएको छ । आईसीसीले इलाइट प्यानल र इन्टरनेशनल प्यानल म्याच अफिसियलबाट लोकल म्याच अफिसियल छान्न पाउनेछ ।

यस्तै टिमले हरेक इनिङ्समा थप डीआरएस रिभ्यू लिन पाउनेछन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal