eNepal

डि.मारियाले बार्सिलोनाको प्रस्ताब अस्विकार गरेको खुलास:-

एजेन्सीफ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी विंगर एन्जल डि मारियाले आफुले क्याटलान क्लब बार्सिलोनाकोप्रस्ताव अस्वीकार गरेको खुलासा गरेका छन्  

स्पेनिस क्लब रियल म्याड्रिड तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पुर्व विंगर डि मारियाले अन्तिम समयमा बार्सिलोनाको प्रस्तावअस्वीकार गरेको खुलासा गरेको हो बार्सिलोनाले २०१७ मा ब्राजिली स्टार नेयमारलाई विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमाबेचेको सिजनमै डि मारियालाई क्लबमा अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो

एक अन्तर्वार्तामा डि मारियाले आफुले बार्सिलोना नगई पीएसजीमा बस्ने निर्णय गरेकोमा आफु निकै खुसी रहेको बताएका छन् जतिबेला नेयमार पीएसजीमा आए बार्सिलोनाले मलाई अनुबन्ध गर्न चाहेको थियो दुई क्लबबीच औपचारिक छलफलसमेत भएकोथियो तर, सहमत भइँन,’ डि मारियाले भने, ‘प्रस्ताव आएपछि सुरुमा जाने मनासय बनाइसकेको थिए तर, पछि सहकर्मीकोसल्लाहपछि नजान सुझाव दिए मैले क्लबलाई त्यही भनें बार्सिलोना नजाने निर्णय गरेकोमा धेरै खुशी छु

उनले बार्सिलोना जाने निर्णय गरेको भए ठुलो भुल हुन सक्ने पनि बताएका छन् यस्तै डि मारियाले आफु पीएसजीमै खुसी रहेको आफ्नो खेल करियर पनि युरोपबाटै अन्त्य गर्ने चाहना रहेको बताएका छन् ३२ वर्षीय डि मारियाले २०१० देखि २०१४ सम्म रियलम्याड्रिडबाट बार्सिलोनाविरुद्ध खेलेका थिए डि मारियाले रियलका लागि १९४ खेलमा ३६ गोल गरेका छन्

एक सिजन २०१४२०१५ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका लागि खेलेका डि मारिया २०१५ मा पीएसजी पुगेका थिए डिमारियाले पीएसजीका लागि २१७ खेल खेल्दा ८१ गोल गरिसकेका छन् पीएसजीमा उनी पाँचौ सिजन बिताइरहेका डि मारिया अझैपनिटोलीका मुख्य खेलाडीको रुपमा रहेका छन् डि मारियाले पीएसजीबाट फ्रेन्च लिग वान, समान तीन कोपा डि फ्रान्स, कोपा डि लालिग ट्रफी डि च्याम्पियन्स जितेका छन्

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal