eNepal

बार्सिलोना जानु अगि पि.एस.जि बाट च्याम्पियनलिग जित्न चाहन्छु:-नेयमार

एजेन्सी, जेठ २७

फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार पूर्वक्लब बार्सिलोना फर्किनुअघि आफूले युरोपियन च्याम्पियन्स लिग जित्न चाहेकोबताएका छन् उनले आफ्ना सहकर्मीहरूसँग यस्तो बताएका हुन् बार्सिलोना छाडेको औचित्य पुष्टि गर्न पनि आफूले च्याम्पियन्स लिगजित्नुपर्ने आशयको भनाइ उनले राखेका हुन् नेइमार सन् २०१७ विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी पुगेकाथिए

बार्सिलोनामा लिओनल मेस्सीको छायाँमा परेको निष्कर्ष निकाल्दै नेइमारले बार्सिलोना छाड्ने निर्णय लिएका थिए तर, पिएसजीमाउनी लगातार असफल बन्दै आएका छन् उनी पटकपटक गम्भीर चोटबाट गुज्रिँदै आइरहेका छन् भने ठूला उपाधि अवार्ड जित्नअसफल भइरहेका छन् पिएसजीमा खुसी हुन नसकेकै कारण उनी गत सिजनबाटै बार्सिलोना फर्किने प्रयासमा छन्

नेइमार पुनः बार्सिलोना फर्किएर आफ्नो पुरानो हैसियत प्राप्त गर्न चाहन्छन् उनी त्यहाँ गएर लिओनल मेस्सीको उत्तराधिकारी बनेर टोलीसम्हाल्ने दाउमा छन् मेस्सीसहितका खेलाडी पनि नेइमार फर्काउने प्रयासमा लागेका छन् तर, क्लब २८ वर्षका नेइमारका लागि महँगोमूल्य हाल्ने पक्षमा छैन १३० मिलियन युरोसम्मको मूल्य मात्रै बार्सिलोनाका लागि स्वीकार्य हुने चर्चा

नेइमारले राष्ट्रिय टिमका समेत सहकर्मी रहेका थियागो सिल्भासँग बार्सिलोना फर्किनुअघि च्याम्पियन्स लिग जित्न चाहेको बताएका हुन् सो कुरा सिल्भाले एक अन्तर्वार्तामा भनका छन् यो साँचो हो, नेइमार बार्सिलोना फकिन चाहन्छन् तर, त्यसअघि उनी एकपटकच्याम्पियन्स लिग जित्न चाहन्छन् किनभने, उनले बार्सिलोना किन छाडें भन्ने कुराको औचित्य पुष्टि गर्नु ,’ सिल्भालेटेलीफुटसँगकोकुराकानीमा भनेका छन्, ‘उनले नजिकका साथीभाइसँग यो सिजन पिएसजीमा अन्तिम हुने कुरा सेयर गरेका छन्

नेइमार पिएसजी गएको सिजन उनको क्लब च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पेनिस रियल मड्रिडसँग गत सिजन इंग्लिस क्लबम्यानचेस्टर युनाइटेडसँग अन्तिम १६ मै पराजित भएर आउट भएको थियो तर, यसपटक पिएसजी वर्षपछि च्याम्पियन्स लिगकोअन्तिम आठमा प्रवेश गरेको उसले अन्तिम १६ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डर्ला हराएर अर्को चरण पुग्दा नेइमारले पनि गोलगरेका थिए

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal