eNepal

दिदीबहिनी समाज भिक्टोरीयाद्वारा मात्रृभूमी चाईल्ड होममा आश्रीत बालबालीकालाई सहयोग प्रदान

दिदीबहिनी समाज भिक्टोरीयाले मात्रृभूमी महिला समाजद्वारा संचालित मात्रृभूमी चाईल्ड होममा बस्दै आएका बालबालीकाहरुलाई आर्थीक सहयोग रकम प्रदान गरेको छ।दिदी बहिनी समाज भिक्टोरीयाकी उपाध्यक्ष प्रभा श्रेष्ठ, मेल्बोर्न वेस्ट युनिट कोअडीनेटर रोशनी श्रेस्ठ र दिदीबहिनी समाजकी कार्यकारी सदस्य एवम् वेस्ट्रन मेल्बोर्न कोअडीनेटर बर्षा केसी राज भण्डारीद्वारा गएको बिहीबार मेल्बोर्नमा मात्रृभूमी महिला समाजको सँस्थापक अध्यक्ष सरस्वती खनाल पौडेललाई सहयोग रकम हस्तान्तरण गरिएको हो।

मातृभुमी महिला समाज, काठमाडौले  बिगत एक दशक देखी आफ्नो आमाबुवा गुमाएका, आफ्नो पहिचान नपाएका, विभिन्न बाध्यतामा परेर जन्मीएका अनाथ, असाहय बालबालीकाहरुलाई पालनपोषण तथा संरक्षण गर्दै आइरहेका छ। 

दुर्भाग्यबश विश्वमा फैलीएको कोरोना भाइरस महामारीका कारण मुख्यतः खाध्यान्न, लत्ताकपडा लगाएत शैक्षिक सामाग्रीहरुमा सो रकम खर्चिने मात्रृभूमी महिला समाजकी सचीव रमा कार्की बानीयाँ ले बताएकी छन्।

६ बर्ष देखी १८ बर्ष सम्मका बालबालीकाहरु हाल सँस्थामा संरक्षित छन्। उनीहरुको गाँस बास र कपास लगाएत पठनपाठनको जिम्मेवारी मात्रृभूमी महिला समाजले लिएको छ।

दिदी बहिनी समाज भिक्टोरीयाले कोरोना भाईरस महामारीले निम्त्याएको संकटपूर्ण अवस्थामा कुनै पनि स्वार्थबाट माथि उठेर मनलाई फराकिलो बनाँउँदै आफ्नो स्थापना कालदेखी नै सहयोगी हात फैलाउँदै आएको छ। 

कोभीड १९ महामारीबाट काम गुमाएका या भर्खर आएका २६४ नयाँ बिधार्थीहरुलाई खाध्यन्न राहत सहयोग गरी सकेको दिदीबहिनी समाजले कम्बाईन चर्च क्येरिङ मेल्टोनलाई $१५०० अनुदान दिई सकेको छ भने एनआरएनएको कोभीड १९ रिलीफ टाक्स फोर्समा ऐकेबद्दता जनाउँदै $५०० सहयोग प्रदान गरेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal