eNepal

बहुमुखी तरकारी भान्टाका फाइदा के छन् जानी राखौ

काठमाडौं २६ जेठ । भान्टा बहुमुखी तरकारीमध्ये एक हो । यसलाई स्टफ गरेर, म्यास गरेर, बेक गरेर, फ्राई गरेर तथा ग्रिल गरेर खान सकिन्छ । भान्टामा प्रतिकप केवल ३५ क्यालोरी हो, यसमा उच्च फाइबर र पानी हुन्छ ।

बोक्राको साथ तरकारी पकाउनुलाई स्वस्थ मानिन्छ । भान्टालाई पनि बोक्रासहित पकाउने र खाने गरिन्छ । भान्टाको प्राय: जसो एन्टिआक्सीडन्ट यसको बाहिरको बोक्रामा हुने गर्छ ।
आयुर्वेदले अनिद्रा र अन्य निद्रासम्बन्धी समस्याहरूलाई निको पार्न भान्टाको सेवन गर्ने सल्लाह दिन्छन् । भान्टाले खराब कोलेस्टेरोल घटाएर रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गरी मुटु रोग लाग्नबाट जोगाउने गर्छ ।

भान्टामा फ्याट तथा कोलेस्ट्रोल नहुने भएकोले यसको सेवनले तौल घटाउन मद्दत गर्न सक्छ ।

भान्टामा मानिसलाई चाहिने आइरन, पोटासियम, एन्टीअक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ । एन्टिअक्सिडेन्टले छालाको क्यान्सरबाट समेत बचाउँछ ।

फाइबरको मात्रामा धेरै रहेकाले मधुमेहको रोगीका लागि भान्टा सेवन गर्नु उपयोगी हुन्छ । भान्टाले मधुमेहका बिरामीको सुगरको मात्रामा नियन्त्रण ल्याउन मद्धत गर्छ ।

कपाल झर्ने समस्यालाई समेत भान्टाको सेवनले कम गर्न सक्छ । भान्टामा थोरै मात्रामा निकोटिन पाइने हुँदा यसको सेवनले चुरोट विस्तारै छाड्न सहयोग गर्न सक्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal