एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ११ जुनदेखि पुनः सुचारु हुन लागेको स्पेनिस ला लिगाको पहिलोखेल गुमाउने सम्भावना देखिएको छ । बार्सिलोनाले १३ जुनमा मालोर्कासँग खेल्ने तालिका छ ।
प्रशिक्षण दौरान एडुक्टर समस्याका कारण ३२ वर्षीय मेस्सीले बुधबार टिमसँगको प्रशिक्षण छुटाएका थिए । टोलीले सान्ट जोन डेस्पीकम्प्लेक्समा प्रशिक्षण गरिरहेका छन् । मेस्सीको मंगलबार एमआरआई गरिएको थियो ।
परिक्षण गर्दा समस्या देखिएको र उनलाई थप चोट लाग्ने सक्ने भएका कारण विश्राम दिइएको क्लबका प्रशिक्षक क्विके सेटिनलेबताएका छन् । यससँगै उनी मलोर्काविरुद्धको खेलमा खेल्नेमा शंका उत्पन्न भएको हो । स्पेनिस मिडियाका अनुसार मेस्सीले टिम बाहिररहेर एक्लै जिम गरिरहेका छन् ।
कोरोना महामारी अघि मेस्सीले १९ गोल र १२ असिस्ट दिएका छन् । बार्सिलोना ५८ अंक जोडेर ला लिगाको शीर्षस्थानमा रहेको छ । ५६अंक जोडेर रियल म्याड्रिडले बार्सिलोनालाई पछ्याइरहेको छ । ला लिगामा ११ चरणको खेल खेल्न बाँकी छ ।

