काठमाडौं । लकडाउनका कारण झण्डै साढे २ महिनादेखि बन्द रहेको सुनचाँदीको कारोबार आइतबारदेखि सुरु भएको छ ।लकडाउनसँगै कारोबार बन्द भएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको भाउ जारी गर्न पनि स्थगित गरेको थियो ।आइतबार कारोबार खुलेसँगै महासंघले नयाँ भाउ जारी गरेको छ ।
डेढ महिनापछि जारी भएको मूल्य यसअघिको भन्दा १० हजारभन्दा बढीले वृद्धि भएको छ । चैत्र ११ गते लकडाउनका कारण कारोबारबन्द हुनु अघि छापावाला सुनको मूल्य ७७ हजार रुपैयाँ थियो । आइतबार कारोबार खुल्दा छापावाला सुन प्रतितोला ८७ हजार ४ सयतोकिएको छ । यो यसअघि कारोबार बन्द हुने बेलाको भन्दा १० हजार ४ सयले बढी हो ।
तेजावी सुनको मूल्य प्रतितोला रू.८६ हजार ९६० तोकिएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला रू.९२५ कायम गरिएको छ । गत चैत१० सुनको मूल्य प्रतितोला रू.७७ हजार रहेकोमा अहिले त्यो मूल्य १० हजार ४ सयले बढेको छ भने चाँदीको मूल्य पनि तोलामा रू.२०५ले बढेको छ ।

