eNepal

बुन्डेसलिग अन्तर्गत आज राति सम्पन्न खेलमा लिग लिडर बायर्न म्यूनिक को रोमान्चक जित उपाधि जित्ने प्रबल सम्भावन:-

एजेन्सीजर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा साविक विजेता बायर्न म्युनिखले बायर लेभरकुसनको मैदानमा कोसहज जित हासिल गरेको

खेलको सुरुवाती समयमा लेभरकुसनले घरेलु मैदान बे एरिनामा अग्रता लिएपनि त्यसलाई लामो समय जोगाउन भने सकेन अर्जेन्टिनीफरवार्ड लुकास अलारियोले अफसाइड ट्रयाप बिट गर्दै १० औं मिनेटमा गोल गरेका थिए उनले जुलियन बौम्गार्टलिंगरको पासलाईअगाडी बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट गोलरक्षक म्यानुएल नोएरलाई बिट गरेका थिए

खेलमा लगातार दबाब कायम गरेपनि बायर्नले खेल बराबरी गर्न २७ औं मिनेटसम्म कुर्नुपर्यो मिडफिल्डर लिओन गोरेट्जकालेमध्यभागमा बल खोस्दै खेलाएको थ्रु बललाई किंग्सले कोमानले वन भर्सेस वनको स्थितिमा गोल गरेका थिए बराबरी गोलमा असिस्टदिएका गोरेट्जकाले ४२ औं मिनेटमा आफैं गोल गरे उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक लुकास ह्राडेच्कीको हातमालाग्दै गोल भएको थियो

पहिलो हाफको अन्तिम मिनेटमा नै बायर्नले अग्रता दोब्बर पार्न सफल रहयो मिडफिल्डर जोशुआ किमिचले आफ्नै हाफबाट खेलेकोलामो पासमा सर्ज जिनाब्रीले गोल गर्दै स्कोर बनाए जिनाब्रीले पहिलो टचलाई नै गोलरक्षक ह्राडेच्कीको टाउकोमाथिको दिशा दिँदैगोल गरेका थिए

दोस्रो हाफमा घरेलु टोलीले तीन खेलाडी परीवर्तन गर्दै आफ्नो खेल्ने शैली केहि रक्षात्मक बनाएको थियो तर उक्त रणनीतिले बायर्नकोगोल गर्ने शृंखला रोक्न सकेन ६६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बायर्नको अग्रता अझै फराकिलो पारे उनले थोमस मुलरकोक्रसलाई हेडरमार्फत गोल गरेका थिए

  • खेलको ८९ औं मिनेटमा घरेलु टोलीका लागि फ्लोरियन विर्टजले गोल गर्दै गोलअन्तर कम गरे दोस्रो हाफमा मैदान छिरेका उनले अर्कावैकल्पिक खेलाडी पाउलिन्होको पासमा गोल गरेका थिए थप समयमा गोल हुन नसक्दा बायर्नले सहज जित आत्मसात गर्यो

यस जितसँगै बायर्नले लिगको शीर्षस्थानमा पकड थप बलियो बनाएको बायर्नको ३० खेलमा ७० अंक रहेको यस्तै डर्टमुन्डले पनि जित निकाल्दै ३० खेल खेल्दै ६३ अंक जोड्दै दोस्रो स्थान बनाएको भने उपाधि होडबाट अझै केहि आश लाग्दो स्थितिमा भने देखिन्छ अरबी लिपेजभने बराबरीमा रोकिएको

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal