एजेन्सी, २४ जेठ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकै पहिलो अर्बपति खेलाडी बनेका छन् । अमेरिकन बिजनेसम्यागाजिन ‘फोर्ब्स’ले सार्वजनिक गरेको धनी खेलाडीको सूचिको फुटबलतर्फ ३५ वर्षीय रोनाल्डो शीर्ष स्थानमा रहेका छन् ।
फोर्ब्सका अनुसार युभेन्टसका फरवार्ड रोनाल्डोले अघिल्लो वर्ष कर तिर्नुभन्दा अगाडि १ सय ५ मिलियन अमेरिकी डलर कमाएका थिए, जसले गर्दा उनको कूल सम्पत्ति एक अर्ब भएको हो ।
रोनाल्डोले १७ वर्षे व्यवसायिक फुटबलबाट कूल ६ सय ५० मिलियन डलर कमाएको बताइएको छ । त्यसबाहेक सन् २०१६ बाटनाइकेसँग जोडिएका उनी धेरै ठूला–ठूला ब्राण्डसँग पनि जोडिएका छन् ।
त्यसबाहेक आफ्नो गृृहनगर मडेइरामा सीआर७ म्युजियम, होटल खोलेका उनले त्यहाँबाट पनि कमाइ गर्छन् । कोरोना भाइरसमहामारीका कारण भने उनलाई केही घाटा भएको थियो । युभेन्टसले उनको ३० प्रतिशत तलब कटौती गरेको थियो भने कोरोनाप्रभावितलाई सहयोग पनि गरेका थिए ।
यसैगरी पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डो २०२० मा सर्वाधिक कमाउने सेलिब्रेटीको सूचिमा भने चौथो स्थानमा छन् । यससूचीमा अमेरिकन मोडल केली जेन्नर शीर्ष स्थानमा छिन् भने अमेरिकाकै र्यापर केन्य वेस्ट दोस्रो स्थानमा छन् ।
तेस्रो स्थानमा टेनिस खेलाडी रोजर फेडेरर रहँदा रोनाल्डो चौथो स्थानमा आउँछन् । यसैगरी पाँचौं स्थानमा भने अर्जेन्टिनी कप्तानलियोनल मेस्सी रहेका छन् । बार्सिलोनाका स्टार खेलाडी मेस्सी सर्वाधिक धेरै कमाउने फुटबलरको सूचिमा दोस्रो स्थानमा छन् ।
फोर्ब्सका अनुसार ३२ वर्षीय मेस्सीले गत वर्ष १ सय ४ मिलियन अमेरिकी डलर कमाएका थिए । त्यसपछि आउँछन्, पेरिस सेन्ट जर्मेन(पीएसजी) स्टार नेयमार । ब्राजिलियन स्टार नेयमारले अघिल्लो वर्ष ९५.५ मिलियन डलर कमाएका थिए ।

