eNepal

लिचीको सिजन सुरुभो खाने होइन त! जानिराखौ यसबाट हुने फाइदा

जेठ २४ काठमाडौँ — मीठो स्वादसँगै उच्च पोषक तत्त्वयुक्त लिची फूर्तिदायक हुन्छ । यो मूलतः चीनबाट आएको फल हो । यो फललाई २००० ईशापूर्वदेखि नै चीनमा खाँदै आइएको हो । चीन हुँदै यो फल भारत, नेपाल, थाइल्यान्ड, भियतनाम, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया, अस्ट्रेलिया, मरिसस, अमेरिका, इजरायल, र मेडागासकर मुलुकमा पनि पुगिसकेको छ ।

भारत, विहारस्थित भारतीय कृषि अनुसन्धान परिषद्, राष्ट्रिय लिची अनुसन्धान केन्द्रका अनुसार यसमा सुक्रोज, फ्रुक्टोज र ग्लुकोज गरी तीनै प्रकारका चिनी पाइन्छ । लिचीको फलमा करिब ६० प्रतिशत जुस, ८ प्रतिशत र्‍याग, १९ प्रतिशत बीउ र १३ प्रतिशत बोक्रा हुन्छ । यसमा भिटामिन सी, पोटेसियम र प्राकृतिक चिनी पाइन्छ । लिचीमा चिनी १०–२२ प्रतिशत, प्रोटिन ०.७ प्रतिशत, बोसो ०.३ प्रतिशतलगायत धेरैजसो भिटामिन जस्तै सी, ए, बी १, बी २ प्रशस्त पाइन्छ ।

केन्द्रको तथ्यपत्रअनुसार लिचीमा थुप्रै रोगको प्रतिरक्षात्मक क्षमता देखिएको छ । यसमा एथोसायनिन, फिनोलिक्सजस्तो जैव सक्रिय यौगिक पाइन्छ । जसले लिचीको फल मुटु रोग, मधुमेह, मृगौला रोग, क्यान्सरसँग लड्नमा प्रतिरोधीक्षमता दिन्छ । लिचीले क्यान्सरपीडित कोषिकाको विकासमा अवरोध उत्पन्न गर्छ ।

पाचनतन्त्र र रक्तसञ्चारलाई राम्रो पार्ने लिचीको १०० ग्राम गुदीमा करिबव ७० मिलिग्राम भिटामिन सी हुन्छ । जो हाम्रो स्वास्थ्यका लागि अत्यन्त आवश्यक हुन्छ । लिचीमा पाइने भिटामिन सीले हाम्रो दैनिक आवश्यकताको करिब ७० प्रतिशत पूरा गर्छ । यसमा बोसो र सोडियम नाम मात्रको हुन्छ । यसले एनिमिया रोगको लक्षणमा समेत सुधार ल्याउँछ । लिचीको उपयोग पारम्परिक चिनियाँ र भारतीय चिकित्सा प्रणालीमा थुप्रै रोगसँग लड्नमा गरिन्छ ।

लिचीमा कार्बोहाइड्रेट, भिटामिन ए र बी कम्प्लेक्स, भिटामिन सी, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, आइरन, फस्फोरसजस्ता खनिज लवण पाइन्छ । यसमा बिटा क्यारोटिन, राइबोफलेबिन, नियासिन, फोलेट आदि धेरै बढी मात्रामा पाइन्छ । यसको भिटामिनले रातो रक्तकणिकाको निर्माण गर्छ ।

यसले बिटा क्यारोटिनलाई कलेजो र अन्य अंगमा संग्रहित गर्न सघाउँछ । यसमा भएको बिटा क्यारोटिन र ओलिगोनोलले मुटुलाई स्वस्थ राख्न सहयोगी हुन्छ । यसमा बढी मात्रामा भएको पोटासियम र सोडियमले गर्दा नशामा रगतको सञ्चार सही रहन्छ र रक्तचाप नियन्त्रित हुन्छ ।

फोलेटले शरीरमा कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित राख्छ । यसले हाम्रो स्नायु प्रणाली स्वस्थ रहन्छ । यो कपालको स्वास्थ्यका लागि समेत राम्रो मानिन्छ । यसमा कपर हुन्छ । यसले हेयर फलिकल्सलाई उत्तेजित पार्छ र कपाल बढ्नमा सघाउँछ । यसमा भएको भिटामिन सी र प्रोटिनले कपालमा चमक ल्याउँछ ।

यो एउटा राम्रो एन्टिअक्सिडेन्टसमेत हो । यसमा भएको भिटामिन सी शरीरमा रक्तकोषिकाको निर्माण र फलामको अवशोषणमा समेत सघाउँछ । यो प्रतिरोधी प्रणालीलाई कायम राख्न आवश्यक मानिन्छ । यसको सेवनले पाचनप्रक्रियामा सहयोग पुग्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal