कोभिड २०१९ को महामारीको प्रभाव अस्ट्रेलीयामा रहेका बिधार्थीहरुमा बढि मात्रामा परेको छ। यहि कुरालाई मध्य नजर राख्दै जीलोङमा बसेर अध्ययन गरि रहेका बिधार्थी भाइबहिनिहरुलाई जीलोङ नेपालीज एसोसिएसन द्वारा $५० सहयोग गर्दै आएको छ।
ईनेपाललाई संक्षिप्त जानकारी दिनु हुँदै एसोसियसनका अध्यक्ष निरज करणजितले भन्नु भयो – “हामी ती विद्यार्थीहरूलाई सहयोग गर्दैछौं जसले यो बिषम् परिस्थितमा संघर्ष गरिरहेका छन् र जसलाई वास्तवमै सहयोग चाहिन्छ।
अति आबस्यककिय किराना खाध्यन्न लिएको रसिद प्राप्त गरेपछि सो रकम हामी उनीहरूको नामाकरण गरिएको बैंक खातामा ट्रान्सफर गर्दिने बताउँदै यसले गर्दा अनावश्यक चीज किन्न निरुत्साहित होस्।

यो सानो सहयोगले विद्यार्थीहरूलाई आफले छनौट गरेको खाद्यान्न किनमेल गर्न र उनीहरूलाई सबैभन्दा बढी चाहिने चीजहरू खरीद गर्न सजिलो हूने हुनाले रकमको ब्यबस्था गरिएको भन्दै यदि कोही बिधार्थी यो महामारीको बेला राहतको खोजीमा हुनुहुन्छ भने जिलोङ नेप्लिज एसोसियसनका कुनै पनि सदस्यलाई सम्पर्क गर्न वा जिलोङ नेप्लिज एसोसियसनको अफिसियल फेसबुकमा खबर गर्न सक्नु हुनेछ।
https://www.facebook.com/geelongnepali/
जिलोङमा बस्ने र अध्ययन गर्ने बिद्यार्थीहरूबाट प्रशस्त खाना रसिद पाइरहेका र यदि आवश्यक भएमा सबै आउने गतिविधिहरू रद्द गरेर भएपनि आवश्यक विद्यार्थीहरूलाई राहत दिने जानकारी गराउनु भयो।

