पर्यटन व्यवसायी कर्ण शाक्य काठमाण्डौ ग्रुप अफ होटल, रिसोर्ट र स्पा (KGH Group)का संचालक हुनु हुन्छ भने पर्यावरणविद्, संरक्षणवादी, लेखक र परोपकारी काममा पनि उहाँको छुट्टै छाप रहेको छ। अहिले व्यवसायबाट औपचारिकरुपमा विदा भएका छन् तर पाँचवर्षदेखि व्यवसायबाट टाढा रहे पनि उनको व्यस्तता भने घटेको छैन बरु परिवर्तन भएको छ।
दृश्य
नाफा,घाटा, होटलबाट उनी हाल सकारात्मक तथा उत्प्रेरणात्मक अभियानमा संलग्न छन्।
सकारात्मक कोष बनाएर सकारात्मक सोच प्रवाहको अभियान लिएर उनी अहिले पनि उत्तिकै दौडधुपमा छन्। तर नाफा घाटाभन्दा टाढा।
‘एउटा असल नागरिक निर्माणको लागि छलफल र बहस गर्ने र लागू गर्ने समूह नै सोच समूह हो’ शाक्यले भने।
यसरी एउटा असल नागरिक बन्न वा हुनका लागि केके गर्नुपर्छ भन्ने सम्बन्धमा कोषले किताब नै प्रकाशन गरिसकेको छ। त्यसरी अभियान्ताहरुले आग्रह गरेमा वा सकेसम्म शाक्य आफै पुगेर त्यस्ता सामग्री वितरण गर्ने गरेका छन्। शाक्यले लेखेका किताब बिक्रीबाट आएको रोयल्टीबाट संचालित उक्त कोषले ति पुस्तकहरु प्रकाशन र वितरण गर्ने गरिएको छ।
समाजमा नकारात्मक सोचको ठाउँमा उत्सुक, गालीको ठाउँमा प्रश्न, प्रश्नको ठाउँमा जवाफदेहिता खोज्न सिकाउनु नै यो समूहको ध्येय हो।तर यो कुनै संगठन नभई अभियान भएको शाक्यको भनाइ हो।
आज बिश्वभर कोरोना महामारीले बिश्व अर्थतन्त्र पारेको प्रभाव जसलाइ उस्काउन के गर्न सकिन्छ। समस्या बिच पनि अबसर मा कसरी परिणत गर्न सकिन्छ भन्ने सकारात्मक सोचको बिकास गर्नुपर्ने शाक्यको बुझाइ छ ।
यसैबीच कोरोना प्रभाव र अबको सामाजिक आर्थिक यात्रा कसरी सहज बनाउन के गर्नु पर्छ भन्ने समसामयिक बिषयमा छलफल गर्न अष्ट्रेलियाको मेल्बर्नमा रहेको साथी अष्ट्रेलिया नामक सँस्थाको आयोजनामा १३ जून शनिबार साँझ ६ देखी ७ बजे सम्म लाइभ कार्यक्रममा आउदै हुनुहुन्छ । लाईभ कार्यक्रम एमएनटिभीबाट प्रशारण हुँदैछ।
समसामयिक बिषयको जानकारी र उहाँको सकारात्मक सोच बारे थप जानकारी लिन चाहानु हुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ ।

