eNepal

आज बिश्व बाताबरण दिवस मनाइदै

जेठ २३ -काठमाडौं – मान्छेलाई प्रकृतिसँग नजिक पार भन्ने नाराका साथ विश्व वातावरण दिवस मङ्गलबार मनाइँदैछ । दिवसका अवसरमा सरकार तथा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् ।

संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन ५ जुन तारिखलाई विश्व वातावरण दिवसका रुपमा बर्सेनि मनाउन थालिएको हो ।

यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिकासाथ अग्रसर हुँदा र आफूलाई वातावरण दिवस मनाउन पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभएको छ ।

उहाँले वातावरण दिवसका अवसरमा वातावरणीय क्षेत्रमा सहयोग पुर्याउने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सरकारले विश्व वातावरण दिवसका अवसरमा मङ्गलबार नेपाल स्वच्छ वातावरण महाअभियानसम्बन्धी एकवर्षीय कार्यक्रम घोषणा गर्दैछ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal