eNepal

सिरि ‘ए’केही दिनपछि सुरु रोनाल्डो युभेन्टसका ‘नम्बर वान फिट’ खेलाडी !

एजेन्सी, जेठ २२

इटालियन क्लब युभेन्टसका प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनले झनैफाइदा पुगेको हाल ३५ वर्ष पुगे पनि उनी क्लबका सबैभन्दा फिट खेलाडी बनेका छन् यो कुरा क्लबले गरेको खेलाडीको स्वास्थ्यतथा फिटनेस जाँचको रिपोर्टबाट खुलेको हो

कोरोनापछि फुटबल सुचारु हुनुअघि युभेन्टसले सिनियर टोलीका आफ्ना सबै खेलाडीको फिटनेसको स्तर मापन गर्न स्वास्थ्य जाँचगरेको थियो, जसमा रोनाल्डो कोरोना भाइरसअघिको तुलनामा झनै फिट देखिएका छन् परीक्षणअघि रोनाल्डोले अन्य सहकर्मीभन्दाकरिब घन्टाअघि नै प्रशिक्षणस्थल पुगेर तयारी गरिरहेका थिए जाँचअघि व्यक्तिगत प्रशिक्षण गरेर मात्रै उनी क्लबको टेस्टमासहभागी भएको इटालियन मिडियाले जनाएका छन्

क्लबले आफ्ना खेलाडीको फिटनेसको स्तर मापन गरेको नतिजा अफिसियल वेबसाइटमा सार्वजनिक गर्दै रोनाल्डो सबैभन्दा ठीक फिट अवस्थामा रहेको जनाएको साथै, क्लबले रोनाल्डोको फिटनेसमा यसअघिको तुलनामा उल्लेख्य सुधार आएको पनि जनाएको क्लबका सबै खेलाडी फिट रहेको उनीहरू मैदान उत्रिन तयार रहेको पनि क्लबले जनाएको

लकडाउनभरि रोनाल्डो पोर्चुगलमा इटाली फर्किएर होम क्वारेन्टिनमा रहे पनि उनले नियमित रूपमा कसरत प्रशिक्षण गरिरहेका थिए आफूले दैनिक रूपमा कसरत तथा प्रशिक्षण गर्दाका तस्बिर भिडियो उनले सामाजिक सन्जालबाट पनि सार्वजनिक गर्दै आएका थिए लगातारको कडा मेहनतका कारण उनी फुटबल सुचारु हुन लाग्दा उच्च फिटनेसमा देखिएका छन्

रोनाल्डोले क्लबसँग लकडाउनभरि आफूले बेग्लै तालिका बनाएर प्रशिक्षण गर्ने गरेको बताए साथै, उनले सधैंभन्दा खानपान अन्यसावधानीमा पनि विशेष ध्यान दिएको क्लबका मेडिकल टोलीसमक्ष बताएका थिए

रोनाल्डो जुन १३ मा कोपा इटालियाअन्तर्गत सेमिफाइनल एसी मिलानविरुद्ध हुने दोस्रो लेगको खेलबाट पुनरागमन गर्दैछन् यसअघिभएको पहिलो लेगको खेल को बराबरीमा सकिएको सो खेलको सेमिफाइनल फाइनल खेल सिरी सुचारु हुनुभन्दा अघि नैसकिनेछ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal