एजेन्सी – लिभरपुलबाट बार्सिलोना पुगेका फिलिप्पे काउटिन्हो पुनः प्रिमियर लिग क्लब नै फर्कन चाहिरहेको बताइएको छ ।ब्राजिलियन मिडफिल्डर अहिले लोनमा बायर्न म्युनिखमा छन् । बायर्नले स्थाई रुपमा क्लबमा राख्ने नचाहेपछि सिजनको समाप्तीसँगैउनी बार्सिलोना फर्कनेछन् ।
दुई वर्षअघि उच्च अपेक्षाका साथ बार्सिलोनाले भित्राइएका काउटिन्होले त्यहाँ भने प्रभाव पार्न सकेनन् । उनलाई भित्राउनका लागिबार्सिलोना ठूलो मुख्य खर्च गरेको थियो । बार्सिलोना पनि नयाँ सिजनका लागि उनीलाई बिक्री गरेर कमाई गर्न चाहि रहेको चर्चाचलिरहेको छ । लिभरपुल र ब्राजिलियन टोलीबाट उनले विगतमा देखाएको प्रदर्शन बार्सिलोना भने देख्न नसकिएको बताइन्छ ।
प्रिमियर लिगमा भने उनले उच्च प्रदर्शन गरेका थिए । त्यहि कारण पनि उनी पुन इग्ल्यान्ड फर्कन चाहिरहेको बताइएको छ । तर, अहिलेकुनै पनि ठूला प्रिमियर लिग टोली उनलाई भित्राउन इच्छुक देखिएका छैनन् ।
‘उनी कुनै पनि बेला प्रिमियर लिग फर्कन चाहन्छन्,’ काउटिन्होका एजेन्ट के जोराबचिनले भने, ‘यो वर्ष हुन्छ हुँदैन हामीलाई थाहा छैन ।’ उनले कोटिन्हो लोनमा बायर्नमै रहन सक्ने सम्भावनालाई पनि अस्वीकार गरेनन् । तर उनलाई लिएर बार्सिलोनाको योजना के रहन्छत्यसमा धेरै विषय निर्भर हुन्छ ।

