महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन भोलि शुक्रबारबाट सुरु हुँदै छ । पहिलोपटक बर्माबाट २६ जना काठमाडौं आउने भएका छन्।त्यहाँबाट ३१ जनाको सूची बने पनि ५ जना स्वास्थ्य प्रमाण पत्र बनाउन नभ्याएकाले छुट्ने भएका छन्। यसैगरी अर्को हप्ताबाट मध्यपूर्व र अन्य क्षेत्रबाट नेपालीहरु फर्किने भएका छन् ।
सम्बन्धित देशका दुताबासहरुले प्राथमिकता क्रममा भिजिट भिसा, वृद्द र गर्भवती महिलाहरुलाई आगामी ८ तारिक नेपाल लगिने तयारी भएको दुताबास श्रोतले जनाएको छ । युनाइटेड अरब ईमिरेट्समा बसोबास र कार्यरत मध्ये १८ हजार ७ सय ७२ जनाले नेपाल जान ईच्छा जाहेर गरी नेपाली राजदुताबासद्वारा जारी फारम भरेका छन् ।

