एजेन्सी – यो वर्षको च्याम्पियन्स लिग फाइनल पोर्चुगलमा हुन सक्ने सम्भावना रहेको पोर्चुगल फुटबल संघका अध्यक्ष मार्सेलो रेबेलो डीसुसाले बताएका छन् ।
च्याम्पियन्स लिगका अन्तिम १६ का केहि खेल टुंगो लागेपछि क्वार्टरफाइनल र बाँकी खेल अगस्टमा हुन सक्ने सम्भावना रहकोबताइएको छ । यूईएफएले यसबारे सबै क्लबसँग एक चरण छलफल गरिसकेको छ र औपचारिक निर्णय आउन बाँकी छ । ‘मलाईलाग्छ अग्रष्टमा पोर्चुगलमा अन्तर्राष्ट्रिय फुटबलका विषयमा सुखद समाचार आउन सक्छ,’ अध्यक्ष सुसाले भने ।
कोरोनाका कारण स्थगित भएको पोर्चुगिज लिग भने जुन ३ बाट सुचारु हुने बताइएको छ । अध्यक्ष सुसाले समर्थकहरुलाई रंगशालामाल्याउन हतार नगरिने पनि प्रष्ट पारेका छन् । ‘हामी कुनै पनि विषयमा हतार गर्ने पक्षमा छैनौं’, उनले भने, ‘हामी जोखिम उठाउनेमनस्थितिमा छैनौं । खेल हुन्छ तर बन्द रंगशालामा गर्नु अहिलेको अवस्थामा उचित देखिन्छ ।’
कोराना भाइरस कोभिड १९ का कारण युरोपिसहित विश्वका अधिकांश देशका फुटबललगायत सबै खेलकुद गति विधि स्थगित भएकाछन् । बुन्डेसलिगा भने केहि अघिबाट सुरु भइसकेको छ । स्थगित हुनुअघि च्याम्पियन्स लिग फाइनल टर्कीको इस्ताबुलमा हुने तय थियो। तर यूईएफएले सहभागी क्लबसँग छलफलपछि अन्तिम चरणका खेल एकै रंगशालामा गर्ने सम्भावनाबारे अध्ययन गर्दा प्रतियोगितापोर्चुगलमा हुने सम्भावना बढेको हो ।

