एजेन्सी, जेठ २१
कोरोना भाइरस महामारी छिचोल्दै स्पेनिस फुटबल लिग ला लिगा जुन ११ बाट सुरु हुँदैछ । लिगका अन्तिम ११ खेल बाँकी छँदा साबिकच्याम्पियन बार्सिलोना २ अंकको अग्रतासहित शीर्ष स्थानमा रहेको छ । बार्सिलोनाको खातामा ५८ अंक छ भने ५६ अंक भएको रियलमड्रिड दोस्रो स्थानमा छ । लिगमा अब सबै टिमले अन्तिम ११ खेल खेल्न बाँकी छ ।
लिग सुचारु हुँदा उपाधि होडमा रियल र बार्सिलोना कडा रूपमा उत्रिने पक्का छ । यसअघि भएको सिजनको पहिलो इएल क्लासिकोरियलले बार्सिलोनालाई २–० ले हराएर यो सिजन आफू उत्कृष्ट लयमा रहेको सन्देश दिएको छ । तर, हाल अंक तालिकामा ऊ २ अंकलेपछि नै छ । के बार्सिलोनाले अन्तिम खेलसम्म हालको आफ्नो अग्रता जोाउला ? वा, रियलले उसलाई उछिन्ला ?
यसबारे बार्सिलोना तथा ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले धरणा राखेका छन् । ‘डायरियो गोल’ सँग कुरा गर्दै उनले बार्सिलोनाहाल लिग लिडर भए पनि उसलाई उपाधि जित्न चुनौतीपूर्ण रहेको भनाइ राखेका छन् । ‘बार्सिलोना अहिले स्पष्ट २ अंकले अघि छ, योराम्रो अवस्था हो,’ रिभाल्डोले भने, ‘तर, उनीहरूले यो जुनसुकै बेला पनि गुमाउन सक्छन् । २ अंक एक बराबरी खेलले गुम्छ ।’
रिभाल्डोका अनुसार यो सिजन बार्सिलोनाभन्दा रियललाई आफूले ला लिगाको उपाधि दाबेदार टिमका रूपमा हेरेको बताए । ‘रियलमड्रिड अहिले २ अंकले पछाडि छ । मलाई लाग्छ, उनीहरूका लागि यो ठूलो अन्तर होइन । किनभने, उनीहरू एक बलिया टोली हुन् ।क्लासिकोमा बार्सिलोनालाई २–० ले हराएर उनीहरूले यो सिजन राम्रो रहेको देखाइसकेका छन्,’ रिभाल्डोले भने, ‘यो पक्का छ कि, उनीहरूले बार्सिलोनालाई अन्तिम खेलसम्मै ठूलो चुनौती दिनेछन् । मेरो दृष्टिमा मड्रिड यतिबेला ला लिगा जित्न सक्षम छ ।’

