eNepal

अस्ट्रेलीयाबाट तेस्रो पटक पनि रित्तै फर्किदै नेपाल एयरलाइन्सको चार्टर्ड प्लेन

अस्ट्रेलियन सरकारले यहि जुन ८ तारिकमा नेपालबाट चार्टर्ड गरेर नेपाल एयरलाइन्सको जहाज मार्फत तेस्रो पल्ट अस्ट्रेलियन नागरिकहरु लिएर अस्ट्रेलियाको क्यानबेरा आउँदैछ। अस्ट्रेलियन सरकारले जुन ६ मा कतार एयरलाइन्सबाट बाकि रहेका आफ्ना  अन्य नागरिकहरु पनि ल्याउन लागेकोले सम्भवत नेपाल एयरलाइन्सलाइ अस्ट्रेलियन सरकारले चार्टर्ड गरेर ल्याउने यो नै अन्तिम पटक हुन पनि सक्छ ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले यहाँस्थित राजदुतावाससंग प्रत्येक दिन सम्पर्क गर्दै  यस पटक जसरि नि नेपाल जान चाहने र अति आवश्यक भएकालाइ नेपाल लैजाने बन्दोबस्त मिलाउनलाई गरेको अनुरोध र छलफल पश्चात, महामहिम महेश दाहाल आफै निक्कै सक्रिय भएर नेपाल सरकारसँग पहल गरेर नेपाल जान चाहनेको नामावाली पनि संकलन गर्दा हामी सबैलाई ठुलो आशा थियो कि यसपाली नेपाल एयरलाइन्स रित्तो फर्किदैन भन्ने । विभिन्न प्रयासको बाबजुद पनि टेक्निकल समस्याको कारणले यसपाली नेपाल एयरलाइन्स रित्तै फर्किने भयो भन्ने जानकारी पाउदा एकदमै दुख लागेको एनआरएन महासचिव डा. ज्ञानेन्द्र रेग्मीले आफ्नो फेशबुक मार्फत जानकारी गराउनु भएको छ।

नेपाल फर्किनेमा अस्ट्रेलीया लगाएत न्युजिल्याणड र फिजीमा रहेका घुम्न आएका नेपाली पर्यटक, विध्यार्थी र अभिभावक रहेका लगभग १३०० नेपालीले फर्म भरेका थिए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal