eNepal

क्यासमिरोले गरे नयाॅं सन्झौता २०२३ सम्म रियल मै रहने:-

एजेन्सी – ब्राजिली स्टार डिफेन्सिभ मिडफिल्डर क्यासमिरोले स्पेनिस क्लब रियल म्याड्रिडसँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका छन् । क्यासमिरोको केही महिना अघि नै क्लबसँग सम्झौता नवीकरण गरिसकेको क्लबले जनाएको छ ।

नयाँ सम्झौता अनुसार क्यासमिरो २०२३ सम्म म्याड्रिडमै रहनेछन् । क्यासमिरोको सम्झौता २०२१ को समरसम्म रहेको थियो । २८ वर्षे क्यासमिरोले प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षणमा लगातार पहिलो रोजाईमा स्थान बनाइरहेको छ । क्यासमिरोले यो सिजन रियलबाट सबै ३५ खेल खेल्दा समान ४ गोल र ४ असिस्ट दिएका छन् । उनले लगातार प्रशिक्षक जिदानको मन जित्न सफल भइरहेको छ ।

स्पेनिस पत्रिका मार्काका अनुसार रियलले क्यासमिरोलाई थप ३ वर्षको लागि सम्झौता नवीकरण भइसकेको छ । तर, क्लबले यो सम्झौतालाई सार्वजनिक गरेको छैन । २०१३ मा ब्राजिली क्लब साओ पाउलोबाट रियलमा आएका क्यासमिरो पहिलो सिजनमा रिजर्भ टिममा रहेका क्यासमिरो अर्काे सिजन लोनमा पोर्चुगिज क्लब पोर्टाे पुगेका थिए ।

रियलमा जिदान प्रशिक्षक भएपछि क्यासमिरोको प्रतिभा देखेर उनलाई क्लबमा फिर्ता ल्याएको थियो । त्यसपछि भने क्यासमिरो टोलीको महत्वपुर्ण सदस्यको रुपमा स्थापित भइसकेका छन् । २०१३ देखि रियलमा रहेका क्यासमिरोले २२९ खेलमा २२ गोल गरेका छन् ।

रियलले तीन सिजन (२०१६, २०१७ र २०१८) मा च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गर्दा र २०१७ मा स्पेनिस ला लिगाको उपाधि जित्दा क्यासमिरोले टोनी क्रुस र लुका मोड्रिचसँग मिडफिल्डमा प्रभावकारी भुमिका निभाएका थिए ।

लामो रेन्जबाट गोल गर्ने अद्भुत क्षमता भएका क्यासमिरोले २०१७ मा कार्डिफमा भएको फाइनलमा युभेन्टसमाथि ४–१ को जित निकालेको खेलमा त्यस्तै अविश्वसनीय र महत्वपुर्ण गोल गरेका थिए । खेल १–१ गोलको बराबरीमा रहँदा क्यासमिरोले महत्वपुर्ण समयमा गोल गर्दै खेललाई उल्ट्याएका थिए ।

क्यासमिरोलाई गत सिजन फ्रेन्च क्लब पीएसजीले अनुबन्धको प्रयास गरेपनि सफल हुन सकेको थिएन । रियलमा नयाँ सम्झौता गरेसँगै पीएसजीले क्यासमिरो सम्झौताबाट हात झिक्नेछ । २०११ देखि ब्राजिली टोलीमा रहेका क्यासमिरोले ब्राजिलका लागि ४४ क्याप जित्दै ४ गोल गरेका छन् । गतवर्ष घरेलु भुमिमा आयोजना भएको कोपा अमेरिका ब्राजिलले जित्दा क्यासमिरोले ३ गोल गरेका थिए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal