eNepal

“मोज छ यार त लाई!”त्यो पनि कुरै हो?

बोध राज बराल/बेलायत

जेठ २१-अमेरिका को के कुरा गर्नु, मूला एउटा पटमूर्ख प्रहरी ले एउटा काले ब्रो लाइ अपराध गरेको को शंका मा घुँडा ले उसको घाँटी थिचेर मरणासन्न बनायो र अस्पताल लैजाँदा लैजाँदै उ मर्यो, अहिले देश भरि आन्दोलन छ, त्यहाँ मात्र नभएर बेलायत सम्म फैलिसक्यो, #BlackLifeMatters भनेर!  सबैको #LifeMatters!

बेलायत सरकारले पनि हिजो देखि एउटै घरमा सँगै नबसेका दुइ मनुष्य एक अर्काको घरमा चाहिं जान पाउने, बगैंचामा बसेर दूरी राखेर खानपिन पनि गर्न पाउने तर यौन क्रिडा भने गर्न नपाउने गरि प्रतिवन्ध लगाएको छ, लौ भन्नुस् अब प्रहरी ले कसरि ठम्याउने कि ती दुइ प्राणी एक आपसमा यौन क्रिडा गर्दैछन वा बगैंचा मा दूरी राखेर चियापान मात्र गर्दैछन भनेर!  रङ्गे हात प्रहरीले कसरि समात्ने, घर भित्र यौनक्रिडा गर्दै गरेकालाई, के प्रहरीले ढोका ढक ढक गर्यो भने तपाईं ले नाङ्गै बुङ्गै ढोका खोल्नु हुन्छ वा चिटिक्क परेर कपडा लगाएर, दूरी राखेर पछाडिको बगैंचा मा अर्कोलाई राखी सकेर मात्र खोल्नु हुन्छ? प्रहरीलाई यस्तो द्विविधा किन बनाउन पर्थ्यो।

नेपालमा झन् पूर्व गभर्नर बाट अर्थमन्त्री बनेका विद्यावारिधि खतिवडा ब्रो ले व्यावसाय संचालन गर्न चाहिं नदिने लकडाउन भनेर तर आयकर भने तिर्न पर्छ भनेर कर गरेका छन्, व्यवसायी ले बैंक लुटेर तिर्ने वा कसरी तिर्ने, विद्यावारिधि विवेक ले आवश्यक सुझाव भने दिएका छैनन्।  बरु राष्ट्रपति ले आफू गुन्द्री मा जन्मे हुर्के पनि यहि मौका मा करोडौं को कार्पेट फेर्छु भनेकी छन्, बहादुर हुन् उनी, उनलाइ सयौं किलोमिटर परको सुदुर पश्चिमका छाउपडी गोठमा क्वारेन्टाइन का लागि आइसोलेसन मा बसेका जनता र स्याउलामा बसेर पढ्दै गरेका विद्यार्थी का आवश्यकता सँग मतलव हुने कुरै भएन, हामीले देख्ने संजाल को फोटो उनलाई कसैले देखाई दिए पो थाहा पाउनु!

अब यस्तो चिन्तै चिन्ता ले चिता पुग्ने डर भैसक्यो, यस्तो स्थिति बीच कसरी प्रसन्न हुनु, तपाईं आफै भन्नुस् त! तर पनि मेरा साथी हरु भन्छन्, “मोज छ यार तँ लाइ!” त्यो पनि कुरै हो?  शायद तपाईं लाइ चाहिं मोज छ होला, वधाई!! शुभ दिन!

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal