टोकियो । जापानमा कोरोनाको कारण रोजागार गुमाउनु परेका नेपालीहरूलाई सहयोगको लागि तथ्याङक संकलन सुरु गरिएको छ ।नेपाली समुदाय कोभिड–१९ आपतकालीन सहयोग समिति जापान अन्तरगत आय तथा रोजगार उपसमितिले नेपाली दाजुभाई दिदिबहिनिहरुको सहयोगको लागि तथ्याङक संकलन गरी सुरु गरेको हो ।
तथ्याङक संकलन गरि आवश्यकताको आधारमा सहयोग गर्ने निर्णय भएको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारीदिनुभयो । जापानमा कोभिड–१९ का कारण समस्यामा हुनुहुन्छ भने, समितिको अनलाईन फारम भरी जानकारी गराउन सक्नुहुनेछ ।समितिले गत मंगलबार मे २६ तारीख नेपाली ब्यावसायी हरुलाई लक्षित गरी अनलाइन सेमिनारको आयोजना पनि गरेको थियो ।जसमा जापानी विज्ञहरुको सहभागीतामा जापान सरकारबाट उपलब्ध सेवा र सुबिधाहरु कसरी लिन सकिन्छ भन्नेवारे जानकारीगराइएको थियो ।
उक्त समितिले कोभिड–१९ को कारण काम गुमेका हरूलाई काम खोजिदिन सहजीकरण गर्ने पनी जनाएको छ ।

