eNepal

बार्सिलोनाका पूर्व अध्यक्ष भन्छन्, ‘रोनाल्डोभन्दा नेयमार उत्कृष्ट’:-

एजेन्सीविश्व फुटबलका अहिलेका स्टारमा लियोन मेस्सी क्रिस्टियानो रोनाल्डो मध्येको उत्कृष्ट भन्ने चर्चा चलिरहन्छ सामन्यतयायो छलफलमा नेयमार रोनाल्डो मेस्सीपछि तेस्रो नम्बरमा आउँछन् तर बार्सिलोनाका पूर्व अध्यक्ष सान्ड्रो रोसेलका अनुसार नेयमारमेस्सीपछि विश्व फुटबलका दोस्रा उत्कृष्ट खेलाडी हुन्

रोसेलको नजरमा मेस्सी भन्दा पछि रहेका नेयमार रोनाल्डो भन्दा अगाडि छन् उनले नै नेयमारलाई सन् २०१३ मा बार्सिलोनामा भित्राएकाथिए नोउ क्याम्पका पूर्व प्रमुखले अहिले पनि आफु त्यहि जिम्मेवारीमा रहेको भए पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट नेयमारलाई पुनःसम्झौता गराउने प्रयासलाई उच्च प्राथमिकतामा राख्ने बताए रोसेलले २०१० देखि २०१४ सम्म बार्सिलोनाको नेतृत्व सम्हालेका थिए

अहिले पनि बार्साको अध्यक्ष हुन्थे भने फेरि नेयमारसँग सम्झौताको प्रयास गर्ने थिए उनी विश्वका मेस्सी पछिका दोस्रो उत्कृष्टखेलाडी हुन् उनी क्लबका लागि सहि खेलाडी हुन्’, उनले भने, ‘ अनुभवका आधारमा भन्छु उनीसँग दुई वटा सम्झौता गर्ने थिए एउटा खेलकुद अर्को अन्य व्यवहारका लागि

२८ वर्षे ब्राजिलियन स्टारले मेस्सीसँग वर्ष बार्सिलोनामा बिताएका थिए सन् २०१७ मा उनी विश्व कीर्तिमान रकम सय ९८ मिलियनयुरोमा पिएसजी गएका थिए ला लिगामा रहँदा नेयमार, मेस्सी लुइस स्वारेजको साझेदारीले विश्व फुटबलमा तहल्का मच्चाएकोथियो जसको फल स्वरुप बार्सिलोनाले २०१५ मा च्याम्पियन्स लिग जितेको थियो

ला लिगाको साविक विजेता समेत रहेको बार्सिलोनाले अर्को सिजनका लागि नेयमारलाई क्लबमा भित्राउने प्रयास थाल्ने चर्चा लामोसमयदेखि चल्दै आएको यसका लागि पछिल्लो सिजन क्लबले प्रयास गरेपनि फ्रान्सेली क्लबले उनलाई छोड्न मानेको थिएन नेयमार आफू पनि बार्सिलोना जान इच्छुक रहेको बुझिएको

रोसेलले नेयमारलाई विश्व फुटबलको दोस्रो उत्कृष्ट खेलाडी भन्दा त्यो पक्कै पनि रोनाल्डोका समर्थकलाई भने चित्त बुझ्ने छैन रोनाल्डो विश्व फुटबलका सर्वकालिन महान खेलाडी मध्ये एक हुन् भन्ने चर्चा वर्षौदेखि चल्दै आइरहेको फेब्रुअरीमा ३५ वर्ष लागेकोयुभेन्ट्सका सुपरस्टार रोनाल्डोले यो सिजन रोकिनु अघि क्लब पोर्चुगलका लागि ३६ गोल गरेका छन् जुन गोल मेस्सीको भन्दा १२बढी नेयमारको भन्दा दोब्बर बढी हो

त्यति मात्र होइन उनले बालोन डी ओर पटक जितेका छन् रोनाल्डो भन्दा बढी मेस्सीले मात्र उक्त उपाधि बढी जितेका छन् मेस्सीलेगतवर्ष मात्र छैटौं पटक उपाधि जितेका थिए नेयमारले अहिले सम्म यी दुई सुपर स्टारलाई मतमा पछि पार्न सकेका छैनन् व्यक्तिगतअवार्डको प्रतिस्पर्धामा सन् २०१५ २०१७ मा तेस्रो स्थानमा रहनु उनको उच्च नतिजा हो

नेयमारले २१ वर्षको उमेरमा हुँदाको तथ्यांक हेर्दा मेस्सी रोनाल्डोलाई पछि पारेका थिए उनले त्यति बेला सय २७ खेलमा सय ४०गोल गरेका थिए त्यसको तुलनामा मेस्सीले ५१ रोनाल्डोले ३६ गोल मात्र गरेका थिए तर जब उनी ब्राजिल छोडेर युरोप आए, उनलेत्यसै प्रदर्शनलाई निरन्तरता दिन सकेका छैनन्

युरोपका शीर्ष लिगको तथ्यांकमा नेयमार निकै पछि छन् नेयमार सान्तोष रोनाल्डो लिस्बनको गोल छाड्ने हो भने नेयमार निकै पछिछन् मेस्सीले यसक्रममा सय ३८ गोल गर्दा रोनाल्डो गोलले मात्र पछाडि सय ३७ गोलमा छन् नेयमारले भने जम्मा सय १५गोल गरेका छन्

प्रति गोल मिनेटका औसत हेर्दा पनि नेयमार पछाडि छन् औसतमा नेयमारले हरेक सय २७ मिनेटमा गोल गर्छन भने रोनाल्डो सय मेस्सी ८७ मिनेटमा गोल गर्छन् यसले पनि नेयमार तथ्यांकमा हेर्दा रोनाल्डो मेस्सीभन्दा पछाडी रहेको प्रष्ट पार्छ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal