eNepal

हाम्रो नेपाली पाठशालाका भाईबहिनीलाई क ख रा..सिक्न कोरोनाको लकडाउनले कत्ति पनि रोकेन

पार्वती उप्रेतीलाई हप्ताका पाँच दिन आफ्नो नियमित काम गर्दा बरु त्यति मन पोल्दैन जति सप्तान्तः शुरु भए पछि पोल्छ। उनको हप्ता भरिको थकान मेटाउने ठाउँ बनेको छ मेल्बोर्नको भर्मोउन्टमा सँचालित हाम्रो नेपाली पाठशाला। नियमित कक्षा सँचालन भई रहेको पाठशालापनि एकाएक आएको कोरोनाको महामारीको मारमा पर्यो र केही समय स्थगित भयो।

पहिलो कुरो यहाँ जन्मिएर हुर्किदै गरेका दोश्रो पुस्ताका नानीहरुलाई बानी पारेर नियमित कक्षा आउने बनाउनुनै धेरै गार्हो हुन्छ। अर्को तिर बिधालयमा अङ्ग्रेजी भाषा बोल्न बानी परेकाहरुलाई नेपाली भाषा सिक्न ठुलै कसरत गर्नु पर्छ। उनीहरुलाई क ख भनेर चिनाउनै महिनौ लाग्छ। 

फुर्सद कमै हुने प्रवासको दैनिक जिवनमा आफ्ना छोरा छोरीले कमसेकम नेपाली भाषा बोल्न सिकुन भन्ने सोच प्राय सबै अभिभावकहरुमा हुन्छ। स्कुलमा अङ्ग्रेजी, घरमा प्राय काटुन र युट्युवले उनीहरुलाई नेपाली भाषा सिक्न खासै रुची पनि हुँदैन। जति बल गरेर नेपाली भाषा बोल्न सिकाएपनि बिस्तारै भुल्दै जाने रहेछन्। कमसेकम आफ्नो मौलीक भाषाको थोरै ज्ञान अनि आफ्नो सँस्कृती प्रती केही झुकाव होस् भनेर अभिभावकहरुले उत्साहितका साथ पाठशालामा नियमित रुपमा नानीबाबुहरुलाई ल्याउने गरेको देख्दा आफु पनि खुसी भएको धारणा व्यक्त गर्छिन पार्वती।

हरेक हप्ता साना बच्चासँगै बसेर उनीहरुलाई क ख रा सिकाउँदै आएकी पार्वतीलाई कोरोनाको महामारी अनि त्यसपछिको लकडाउनले गर्दा उनीहरुबाट टाढा रहँदा कता कता खल्लो महसुस भई रहेको थियो। सरकारको नियम अनि सामाजिक दुरी पालना गर्नु पर्ने कारणले अभिभावकहरुको राय सल्लाहमा अर्को सुचना नआईन्जेल सम्मलाई कक्षा बन्द गरिएको थियो। तर बल्ल बल्ल पाठशाला आउन बानी परेका,  क ख रा भनेर कनिकुथी उच्चारण गर्न सिकेका साना बालबालीकालाई त्यसै घरमा छोड्न उनको मनले कत्ति पनि मानेन। फेरी त्यहि जानेका कुरा पनि बिर्सिने पो हुन कि भनेर कता कता पेट पोली रह्यो।

त्यसपछि हाम्रो नेपाली पाठशाला समितिका सदस्यहरू रबिन अधिकारी, रबिन्द्र श्रेष्ठ, केशबराज राजुरिया र लिना गुभाजुको सुझाब अनि त्यसपछिको छलफल र निर्णयको आधारमा विद्यार्थीका लागि ३ मेबाट ईलर्निङ मार्फत घरबाटै कक्षा सुरु गर्न थालिन्। शुरूमा अभिभावकहरु बिचमा परिक्षण गरे पछि बल्ल बिधार्थीहरुसँग अनलाई कक्षामा जोडीएको जानकारी गराईन्।

Webex प्लेटफर्मको माध्यमबाट कथा, पाठ, गीतहरू, अक्षरहरू र संख्याहरू बिधार्थीहरुले सिकी रहेका छन्। उक्त लाईभ सत्रमा करीव २२ विद्यार्थीहरूले सहभागिता जनाउँदैछन्। यो प्रत्येक आइतवार दिउँसो ३:०० देखि ४:३० सम्म हुने गरेको छ।

उक्त लाईभ सत्रमा बिधार्थीहरुले सामाजिक दूरी,हात धुने र स्वस्थ खाना खाएर यस महामाराको अवस्थाबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने बारे छलफल समेत गर्ने गरीएको छ।

हाम्रो नेपाली पाठशाला सन् २०१४ बाट स्थानिय नेपाली समुदाएबाट संचालनमा आएको छ। यो पाठशाला भर्मोउन्ट कम्युनिटी सेन्टर, भर्मोन्ट साउथमा अवस्थित छ। हाल मेल्बोर्नमा नेपाली भाषा पठनपाठन हुने नेपाली स्कुलको सँख्या लगभग एक दर्जन भई सकेका छन्। नेपालीहरुको बढ्दो बसोबास रहेको क्षेत्र क्रेगीवन, ग्लेनरोय, प्रेस्टोन, ईपिङ लगाएत अन्य ठाउँमा नेपाली भाषाका कक्षा सन्चालनमा छन्। न्याभ वालचौतारी वेस्ट, न्याभ वालचौतारी प्रेस्टोन, 

न्याभ वालचौतारी ईपिङ/ वोलर्ट, क्रेगीबन नेपाली भाषा बिधालय, बाल संसार ग्लेनरोय, हाम्रो नेपाली पाठशाला भर्मोन्ट साउथले नेपाली कक्षा अध्यापन गराउँदै आएका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal