eNepal

बिभीन्न देशबाट नेपाल ल्याउन यिनलाई दिइदै छ पहिलो प्राथमिक्ता

नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ को निर्णयानुसार कोभिड १९ कारणबाट  बिदेशमा फसेको अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” जारी भए लगत्तै अत्यावश्यक जानै पर्ने नागरिकले जुन २ भित्र फारम भर्न आग्रह गर्दै  नेपाली दूतावासले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ। पहिलो प्राथमिकतामा परेकाहरु 

१. सम्बन्धित देशमा विभिन्न कारणले सजाय तोकिएर माफी पाइसकेका व्यक्तिहरु

२. नेपाल आउन अनुमति प्राप्त भएका व्यक्तिहरु

३. जुनसुकै कारणले बर्हिगमन राहदानी पाएका व्यक्तिहरु

४. आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरु 

५. श्रम करार अवधि समाप्त भएर रोजगारी गुमाएका व्यक्तिहरु

६. कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएक व्यक्तिहरु 

७. सुत्केरी तथा गर्भवती महिलाहरु

८. बालबालिकाहरु

९. ज्येष्ठ नागरिकहरु

१०. अपाङ्गता भएका व्यक्तिहरु 

११. सरकारी सेवामा रही तालीम वा विदेशमा गएका व्यक्तिहरु (जो नेपाल आउन नपाएका छन)

१२. अध्ययन समाप्त भएका विद्यार्थीहरु

१३. कलेज वन्द भएका विद्यार्थीहरु 

१४. पारिवारिक पुनर्मिलनका लागि विदेश गएका जो फर्कन इच्छुक भएकाहरु 

१५. कम्पनीबाट अनिवार्य विदामा बसेकाहरु 

१६. अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत रहेर नेपाल आउनुपर्ने अवस्थामा रहनु भएका व्यक्तिहरु 

१७. पर्यटक तथा व्यापारी राहदानीमा गएका नेपालीहरु 

अस्ट्रेलीयाको हकमा तल दिएको लिङ्कमा गएर फर्म भर्न पर्ने छ र यो फर्म २ जुन यानिकी पर्सी मङ्गलबार सम्म भरेर पठाई सक्नु पर्ने छ।

माथिका व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राख्दै आफु रहेको देशका कूटनीतिक नियोग र राजदूतावासमा निवेदन दिएपछि स्वदेश फर्काइने छ । स्वदेश फर्कनेलाई नेपाली वायुसेवा निगम र नेपालका वायु सेवाका माध्यमबाट स्वदेश ल्याइने गरी कार्ययोजना बनाइएको छ    नेपाल वायुसेवा निगम र नेपालमा रहेका वायु सेवाले नसकेको खण्डमा मात्र विदेशी वायुसेवामार्फत चार्टर गरेर ल्याइने छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal