eNepal

कर छलीको आरोपमा कोष्टा लाई ६ महिना जेल सजय हुन सक्ने :-

स्पेनिस क्लब एथ्लेटिको मड्रिडका भेट्रान खेलाडी डिएगो कोस्टाविरुद्ध कर छलीको मुद्दा दर्ता भएको छ । स्पेनिस खेलाडी कोस्टाले कर छली गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको हो । स्पेनका कर अधिकारीले कोस्टाले कर छली गरेर राज्यलाई ठूलो आर्थिक घाटा पुराएको अभियागसहित मुद्दा दर्ता गराएका हुन् ।

कोस्टाविरुद्धको मुद्दाको छिनोफानो आगामी जुन ४ तारिखमा हुने स्पेनिस मिडियाले जनाएका छन् । अभियोगअनुसार कोस्टाले सन् २०१४ मा इंग्लिस क्लब चेल्सीमा सरुवा हुँदा १ मिलियन युरोभन्दा बढी राज्यलाई ठगेको आरोप लागेको छ । साथै, उनले तस्बिर अधिकारबापत पाउने १ मिलियन युरोभन्दा बढी आम्दानी पनि लुकाएको बताइएको छ ।

यदि कर छली मुद्दामा कोस्टा दोषी ठहर भए उनीमाथि ६ महिनाकाले जेल सजाय हुनेछ । त्यस्तै, उनलाई ५ लाख युरोसम्मको जरिमाना पनि हुनेछ । तर, स्पेनको कानुनअनुसार हिंसात्मक अपराध नगरेको अवस्थामा २ वर्षसम्मको जेल सजाय हुँदा जेल नै बस्नु भने पर्दैन । उनीहरूले त्यसबापत आर्थिक क्षतिपूर्ति तिरे हुन्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal