eNepal

नेप्लिज विजनेस एसोसियसन अफ भिक्टोरीयाले बिधार्थीहरुलाई खाना उपलब्ध गराउँदै

कोभीड-१९ को माहामारीको प्रत्यक्ष असर बिशेष गरेर अन्तरास्ट्रिय बिधार्थीमा परेको छ। धेरै बिधार्थीहरुको काम फुत्केको अवस्था छ। यस्तो बिषम परिस्थितीमा बिधार्थीहरुलाई केही मात्रामा भए पनि राहत होस् भन्ने लक्ष्यका साथ भिक्टोरीयामा खोलिएको नेपाली व्यापारीहरुको सङ्गठन नेप्लिज विजनेस एसोसियसन अफ भिक्टोरीयाले निशुल्क खाना उपलव्ध गराउदै आएको छ।

२७ मेबाट शुरुवात गरिएको खाना बितरणमा दुई दिन गरेर १८० जनाले सहभागीता जनाई सकेका छन्।हाललाई बेल स्ट्रीट क्यानटिनबाट खाना लिन सकिने छ भने अव छिट्टैनै अन्य क्षेत्रमा रहेका नेपाली रेस्टुरेन्टबाट यो सेवा लिन सकिने जानकारी  यस सँस्थाका कोषाध्यक्ष सुमन अधिकारीले दिनु भयो।बिभीन्न स्थानमा रहेका रेस्टुरेन्ट साहुहरुसँग कुरा भई रहेको र यो सेवालाई अझै बिस्तार गर्दै अवको केही समय सम्म निन्न्तर चलि रहने समेत जानकारी गराउनु भयो।

नेप्लिज विजनेस एसोसियसन अफ भिक्टोरीया १३ मे २०२० मा कन्जुमर्स अफियर्स भिक्टोरीयामा दर्ता भई सकेको छ भने यसबारेमा बृस्तित जानकारी आज हुन लागेको बैठक पछि दिने प्रेसिडेन्ट पवन साहले बताउनु भयो। 

खानाको लागि निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ। 

नमस्ते रेमिटेन्स- ०३८५८९६४६०

गोबीन्द पाठक – ०४३३३०४५३५

अर्जुन ढकाल – ०४३०१३१६२७

सुमन अधिकारी – ०४३३३४५०२८

ज्ञानेन्द्र थापा – ०४४९८०८४५८

अशोक न्यौपाने – ०४३०७१८२२९

अच्युत केसी – ०४०२९३७४८२

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal