१५ जेठ, काठमाडौं । सरकारले विदेशी नागरिकलाई श्रम स्वीकृति नलिई नेपालमा काम गर्न नदिने भएको छ ।
कानुनी व्यवस्था भए पनि कडाई नभएको भन्दै सरकारले आगामी आर्थिक वर्षमा यो व्यवस्थालाई कडा रूपमा लागू गरिने बताएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

